27th April 2020

सन्दीपको लक डाउनमा मह जोडीको साथमा गायक संजय श्रेष्ठ पनि ।

बैशाख,१५,२०७६ ।यती बेला विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देश लक डाउनमा रहे पछी सबै मानिस हरु सरकार द्वारा घोषित लक डाउनको पालना गर्दै घर मै रहदै आएका छन ।संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन प्रत्येक आम मानिसको साथसाथै सेलिब्रेटीहरु पनि सुरक्षित रुपमा घरमा नै रहेका छन् । साथै लक डाउन भए सँगै फिल्म तथा गीत संगीत क्षेत्र अहिले ठप्प रहेको अवस्था छ ।तर पनि केहि कलाकारहरुका गतिविधी भने होम क्वारेन्टाइनबाट नै चलिरहेका छन् । यसै क्रममा कतिपय कलाकार हरुले पीडितलाई राहत दिइरहेका छन् भने कतिपय कलाकार हरु घरमै बसेर नयाँ नयाँ सृजना मा जुटिरहेका छन ।साथै लक डाउनका कारण घर मै रहदै आएका कलकार हरुले नयाँ-नयाँ कन्सेप्टको विकास पनि गरिरहेको छ । त्यसको एक उदाहरण हो, कलाकार सन्दीप क्षेत्री । कलाकार सन्दीपले आफैले लेखेको कथामा लकडाउन नामक शर्ट फिल्म तयार पारेका छन् । बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के,सी,निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय रहेको उक्त शर्ट फिल्ममा सबै कलाकार हरुले आ आफ्नै घरमा बसी अभिनय गरेका छ ।जुन शर्ट फिल्ममा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक यूवाको कथा समेटिएको छ ।होम क्वारेन्टाइनमा नै बस्दै आएका हास्यकलाकार सन्दीप क्षेत्रीले सबै कलाकारहरूलाई उनीहरूको भूमिका र उनीहरूले बोल्नु पर्ने संवाद पठाएए सोही अनुरुप कलाकारहरू आफैँले उक्त भिडियो खिचेर सन्दीपलाई पठाएका हुन् ।