26th April 2020

अभिनेता शुशिल श्रेष्ठ र अभिनेत्री रुबिना थापा अभिनित चलचित्र 'लभ डायरिज्' यु ट्युब को ट्रेण्डिङ १ मा ।

बैशाख,१४,२०७७ ।निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्मित र अभिनेता शुशिल श्रेष्ठ र अभिनेत्री रुबिना थापा अभिनित गत बर्षको फागुन महिनामा नेपाली चलचित्रको बजारमा प्रदशनमा आएको चलचित्र ‘लभ डायरिज’ले ।प्रदशन ताका नेपाली दर्शकहरुको मन जित्दै सिनेमा घरमा ब्यवसायिक सफलता बटुल्न सफल भए झै उक्त चलचित्रले युट्युबमा पनि सकारात्मक प्रतिकृयाको साथमा यु ट्युब को ट्रेण्डिङमा आउन सफल भएको छ ।सिनेमा घरमा प्रदशन भएको २ महिना नबित्दै चलचित्र लभ डायरिज लाई गत बिहिवार मातातिर्थ औशीको अवसर पारेर बुढासुब्बा म्युजिकको यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । सिनेमा घरमा प्रदशन भएको २ महिना पछी यु ट्युब बाट सार्वजनिक गरिएको चलचित्रका निर्देशक सौरभ चौधरीले।कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताएका छन् ।जुन चलचित्र लाई यु ट्युब बाट सार्वजनिक गरिएको छोटो समय मै यो समाचार तयार पार्दा सम्म १५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ भने यु ट्युब को ट्रेण्डिङ १ मा पनि आउन सफल भएको छ ।निर्देशक चौधरीका अनुसार चलचित्रको बाहिरको शो कोरोना भाइरसको कारण रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेको पनि बताइएको छ ।  यु ट्युबमा चलचित्र लभ डायरिज हेर्ने अधिकांश दर्शकले चलचित्र लाई सिनेमा घरमा प्रदशन भएको छोटो समय मै यु ट्युब मा हेर्न पाएकोमा खुशी ब्यक्त गरेका छन । चलचित्र उत्कृष्ट भएको प्रतिकृया पनि दिएका छन् । साथै चलचित्र हेर्ने दर्शकहरुले चलचित्रका निर्देशक सौरभ चौधरी र यसै चलचित्र बाट नेपाली रजतपटमा डेब्यु गरेकी नव-नायिका रुविना थापाको प्रशंसा गरेका छन् । साथै चलचित्रका मुख्य पात्र अभिनेता सुशिल श्रेष्ठको लुक्स र अभिनयको पनि दर्शकको प्रशंसा गर्का छन ।निर्माता विनोद सापकोटाको निर्माण रहेको चलचित्रमा सम्पादक शाहिल खान सहायक निर्देशकको रुपमा रहेका छन् । चलचित्रमा सुशिल र सुविनासँगै विश्वजित रिमालको पनि मुख्य अभिनय रहेको छ ।