24th April 2020

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को सार्वजनिक तस्बिरमा नायिका पुजा मस्ती मुडमा ।

बैशाख,१२,२०७६ ।निर्देशक सुदर्शन थापा निर्देशित र नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ यो वर्षको आउदो तीजमा प्रदशन गर्ने तयारी निर्माण टिम रहेको बताइएको छ ।साथै निर्माण पक्षले चलचित्रको प्रदशन मिती लाई आउदो तीज  रोजे पनि यती बेला कोरोना भाइरसको असर बिश्वभर परिरहेको समय चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण टिमले तय गरेको प्रदशन मितिमा प्रदशन हुन्छ या हुँदैन भन्न सकिने अवस्था भने छैन ।अधिकांशा छायाँकन यु के मा गरिएको निर्देशक सुदर्शन थापा निर्देशित  चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको साथमा  सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । त्यसै गरी गत वर्ष नै चलचित्र प्रदशन मा आउनु पर्नेमा  निर्माण टिमको विविध कारणले गर्दा प्रदशन मा आउन नसकेको चलचित्र सम्हालिन्छ कहिले मन कि  नायिका पूजा शर्माले भने चलचित्रको प्रदशन  ढिलाइ हुन गए पनि चलचित्रका तस्वीरहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी छिन्।यसै क्रममा नायिका पूजाले उक्त  चलचित्रमा समावेश एक गीतको तस्वीर सेयर गर्दै लेखेकी छिन्-‘सबै कुरा बिर्सिएर आउनुहोस् मसँग नाच्नुहोस् ।’नायिका पुजा ले सार्वजनिक गरेको उक्त तस्वीरमा पूजा लाई ‘मस्ती मुड’मा देखिएको छि । साथै नायिका पूजाको स्टाटसले उनको अहिले चर्चामा रहेको नायिका सुष्मा कार्कीसँगको विवादलाई लक्षित गरेपनि तस्वीरले भने उनका शुभचिन्तकहरूको उत्साहलाई अझै बढाएको पाइएको छ ।