23rd April 2020

राहात बितरण गर्ने कार्य परिवर्तन गर्दै नायिका करिश्मा मानन्धर ।

बैशाख,११,२०७६ ।नेपाली चलचित्रकी सदाबहार सुन्दरी नायिका  हुन करिश्मा मानन्धर । नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा सुन्दर नायिकाको रुपमा चिनिदै आएकी नायिका करिश्माको रुप जति सुन्दर छ त्यती नै उनको मन पनि सुन्दर रहेको  भन्ने कुरा देशमा आपत–विपत आउँदा प्रमाणित हुँदै आएको छ ।नायिका करिश्मा जती सुन्दर छिन  उनको मन मनी त्यनी कोमल छ भन्ने कुराको पछिल्लो उदाहरण हो ।यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको समयमा त्यसबाट जोगिनका लागि नेपाल सरकारले पनि बिगत चार साता  देखी देश  लकडाउन गरिरहेको समयमा र लकडाउन बढ्दै गएपछि दैनिक मजदुरी गरेर खानु पर्ने वर्ग सबैभन्दा पीडित बनिरहेको समयमा ।दैनिक ज्यालादारी गरेर आफ्नो दैनिकी गुजारा चलाउदै आएका मजदुरहरुको दुःखलाई देख्न नसकेपछि नायिका करिश्माले ।आफ्नो निवास वरपर बसोबास गर्ने त्यस्ता व्यक्तिहरुलाई आफ्नै निवास गोदावरीको टौखेलस्थित गोदावरी भिलेज स्टुडियो–मानन्धर निवास बाट आफैंले व्यवस्था गरेको राहात बितरण गर्दै आएकी छिन । यद्यपि, शनिवार राहत लिनेहरुको संख्या बढेपछि स्थानिय वडा कार्यालयले नायिका करिश्मा लाई राहतको प्रकृतिलाई परिवर्तन गर्न आग्रह गरेको पनि बताइएको छ । साथै अब नायिका मानन्धरले राहत वितरणलाई बेग्लै तरिकाले सञ्चालन गर्ने योजना बनाएको पनि बताइएको छ । यसै क्रममा नायिका मानन्धरले लकडाउनको समयमा जीवनको पहिलो अनुभव बटुली रहेकी बताएकी छिन भने । घरायसी काम दराजका लुगा मिलाउनेदेखि बैठक कोठाको डेकोरेसन परिवर्तन देखी  बगैँचाको काममा समय ब्यतित गरिरहेको पनि बताएकी छिन । त्यसै गरी यूट्युब हेर्दै घरमा उपलब्ध सामग्रीहरु प्रयोग गरेर बिभिन्न परिकारहरु बनाउने कोशिस गरेको र परिवारसंग बसेर रमाइलो तरिकाले  बस्ने, खाने, रमाइलो गर्ने गरेंको पनि बताएकी छिन । साथै उनले कोरोना भाइरसको यो महामारीबाट बच्नको लागी  प्रत्येक व्यक्तिलाई घरबाट बाहिर निस्कने कार्य बन्द गर्न आग्रह पनि गरेकी चिन । यसको साथ साथै लकडाउनले गर्दा दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुरहरुलाई गाह्रो परिरहेका समाचाहरु सोसल मिडिया हरुबाट आइ रहदा र  शहरमा टिक्न नसकेर पैदलै आफ्नो गाउँतर्फ जानेहरुको दुःखलाई पनि नजिकबाट नियालिरहेकी रहेको समयमा आफुले  ललितपुरको टौखेलस्थित आफ्नै निवास वरपर रहनु भएका, आफ्नो घर जान नसक्नु भएका मानिसहरुलाई आफ्नै पहलमा चामल, दाल, तेल, नुन, आलु, साबुन, अण्डासहितका खाद्य सामग्री खरिद गरी सहयोग गर्दै आएकी मा  वडा कार्यालयले भिंंडभाड भयो भनेपछि अब भने म जसलाई राहतको अति आवश्यकता छ, उनीहरुलाई उनीहरु बसेकै ठाउँमा गएर राहतको प्याकेट उपलब्ध गराउने योजना बनाउँदै गरेको पनि बताएकी छिन । नायिका करिश्मा मानन्धर ले अहिले सम्म  गरेकी करिव ६० परिवार राहत बितरण गरिसकेकी र यो क्रम जारी नै रहेको बताएकी छिन ।