22nd April 2020

अभिनेता पल शाह लक डाउन बाट प्रभाबित भएका हरु लाई सहयोग गर्दै ।

बैशाख,१०,२०७७ । यती बेला नेपाली चलचित्रका चलचित्रकर्मीहरु कोरोना भाइरसको त्रासका कारण देश लक डाउन भए पछी र लक डाउनका कारण,आम मानिसमा पर्न गएको समस्या लाई मध्य नजर गर्दै कोरोना पिडित हरुलाई सहयोग गर्दै आएका छन ।त्यसरी कोरोना पिडित हरुलाई सहयोग गर्ने हरुमा दिपकराज गिरी समुह, नायिका करिश्माअ मानन्धर,बर्षा राउत्,बर्षा शिवाकोटी, नायिका आचल शर्मा,नायक पल शाह लगाएत छन ।यसै क्रममा कोरोना महामारी विरुद्ध सरकारले गरेको लकडाउनको समयमा समस्यामा परेकाहरू लाई नायक पल शाहले केही दिनअघि मात्र चलचित्र प्राविधिकहरूलाई सहयोग गरेका थिए ।त्यस्तै उनै नायक पल शाहले सोमबार साँखुमा रहेको एक आश्रममा समेत सहयोग गरेका छन  ।बिभिन्न म्युजिक भिडियो हुँदै निर्देशक बिकाशराज आचार्यको निर्माणा र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट चलचित्रको ठुलो पर्दामा फडको मारेका शाहले समाजसेवी विमल पन्तको समूह सँग मिलेर सो आश्रममा रहेका द्वन्द्वपीडित तथा अपाङ्ग सेवामा आश्रममा रहेका ५५ असहायहरूलाई उनले खाना खुवाएका हुन् । चलचित्र नाइ नभन्नु ल पछी चलचित्र म यस्तो गीत गाउछु, जोनी जेण्टलमेन, बिर बिक्रम २ लगाएt का चलचित्रहरुमा अभिनय गरिसकेका पलले आश्रममा रहेका दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू लाई खाना खुवाउनुका साथै केही चामल र तरकारीहरू पनि सहयोग गरेको छन । पछिल्लो समय चलचित्र र म्युजिक भिडियोहरुम ब्यस्त देखिदै आएका पलले आफ्नो समाजसेवाको कामले अरूलाई समेत प्रोत्साहित गर्न र आफुले अरू समाजसेवी सँग टिमअप गरेर सहयोग गर्नुको कारण भनेको अरूलाई पनि समाजसेवाको लागि प्रोत्साहित गर्नु हो बताएका छन । साथै नायक पलले अहिलेको समय निकै समस्याग्रस्त रहेको र यस्तो समयमा हरेकले आफ्नो तर्फबाट अरूलाई सहयोग गर्नु जरुरी रहेको बताएका छ ।नायक पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ र हृदय भरि प्रदशन को तयारीमा रहेको छ भने चलकित्र दुइ नंबरीको छायाँकन हाल कोरोना भाइरसको त्रासका कारण केहि समयको लागी स्थगित गरिएको छ ।