12th May 2019

कुशल भिडियो निर्देशक ,कुशल प्रस्तोता,आवाजका धनी चर्चित युवा संचारकर्मी सुरज श्रेष्ठको निधन ।

बैशाख,२९,२०७६ । कुशल भिडियो निर्देशक ,कुशल प्रस्तोता,आवाजका धनी चर्चित युवा संचारकर्मी, सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः १५ बजे निधन भएको हो । 

यो त्यस्तो नसासम्बन्धी रोग हो जुन विरलै मानिसमा लाग्ने गर्छ । उनको हातगोडा नचल्ने, बोली समेत नआउने लगायतका समस्याहरु भएका थिए । इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर समेत रहेका सुरज बिगत चार वर्ष अगाडिदेखि बिरामी थिए । बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठले थुप्रै गीतका प्रोमोहरुमा आवाज दिएका छन् । उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।