20th April 2020

लक डाउनमा दर्शकको मनोरञ्जनको साथी बन्दै बि,एम एच डी टेलिभिजन ।

बैशाख,८,२०७६ । कोरोना भाइरसको कारण देश लक डाउनमा भए पछी यती बेला आम मानिसहरु घर भित्र रहन बाध्य भएका छन।त्यसै गरी सिनेमा घर,ब्यामशाला, यातायात देखी लिएर सम्पूर्ण कलकारखानाका काम कारबाही हरु पनि बन्द हुन पुगेको छ ।साथै लक डाउन भए सँगै सम्पुर्ण कम कारबाहीहरु बन्द हुन पुगे पछी यती बेला सबै जना घर भित्रै रहन बाध्य भएका छ । त्यसैले गर्दा आम मानिस हरुको मनोरञ्जनको साधन भनेकै यती बेला टेलिभिजन र बिभिन्न सामाजिक सञ्जालहरु बन्न पुगेको छ ।यसै कुरा लाई मध्य नजर गर्दै डिश होम सिनेमा घर को च्यानल न ८८८ बाट यही आउँदो बिहिवार बैशाख ११ गते मातातिर्थ औंशीको दिन बाट बर्ष ७६ कै सुपर हिट नेपाली चलचित्र छ माया छपक्कै प्रशारण हुँदैछ ।दैनिक आठ शो प्रशारन हुँदै आइरहेको उक्त टेलिभिजन बाट हाल गायक तथा नायक यस कुमारको निर्माण र निर्देशनमा निर्मित चलचित्र छिरिङ् प्रशारण  भैरहेको छ ।त्यसै गरी लक डाउन बाट घर मै रहन बाध्य भएका आम दर्शकहरुको मनोरञ्जनको साथी बन्दै बुढा सुब्बा म्युजिकको बि,एम, एच डी टेलिभिजन बाट यती बेला दैनिक चार शो नयाँ पुराना सुपर हिट नेपाली कथानक चलचित्रहरु प्रशारण भैरहेको छ ।बि,एम,एच डी टेलिभिजनमा दर्शक हरुले बिहान ९ बजे दिउसो २ बजे राती ८ बजे र राती मध्यान्ह १२ बजे नयाँ पुराना नेपाली कथानक चलचित्रहरु हेर्न पाउने छन ।त्यस्तै बुढा सुब्बाको यु ट्युब च्यानल बाट पनि लक डाउन लाई मध्य नजर राख्दै नेपाली चलचित्र प्रेमी दर्शक हरुको मनोरञ्जनको लागि नयाँ नयाँ चलचित्रहरु अपलोड भैरहेको छ ।यसै क्रममा यही आउदो बैशाख ११ गते बाट नै अभिनेता शुशिल श्रेष्ठ र अभिनेत्री रुबिना थापा अभिनित चलचित्र लभ डायरिज लाई यु ट्युब मा रिलिज गरिदै छ ।