19th April 2020

अभिनेता नाजिर हुसेनले सामाजिक सञ्जाल मा लेखे ‘कि खान देऊ, कि जान देऊ’ ।

बैशाख ,७,२०७७ ।नेपाली कथानक चलचित्र होस्टल रिटन्स बाट नेपाली चलचित्रको बजारमा अभिनय यात्रा शुरु गरेका नाजिर हुसेन लाई नेपाली चलचित्रका दर्शकहरुले अभिनयमा बिबिधता भएको र आफुले पाएको भूमिका लाई न्याय गर्न सक्ने अभिनेताको रुपमा चिन्ने गर्दछन ।उनी अभिनित चलचित्र हरु बिर बिक्रम बिर बिक्रम २, राज्जा रानी, गाँठो लगाएतमा उनले गरेको अभिनयले पनि यही नै बताउछ ।नेपाली चलचित्रका निर्माता निर्देशकहरुले जुन सुकै भूमिका दिए पनि उक्त चरित्र लाई अभिनेता नाजिरले न्याय गर्दै जिवन्त बनाउदै आएका छन । साथै नायक नाजिर हुसेनले मधेसी पात्रमा पनि आफु लाई खरो रुपमा उतार्ने गरेका छन ।यसको साथ साथै पछिल्लो समय चलचित्रको साथसाथै म्युजिक भिडियोहरुमा पनि व्यस्त रहदै आएका उनै अभिनेता नाजिरले सरकारलाई कि खान दिंन या जान दिंन आग्रह गरेका छन् । अभिनयमा बिबिधता दिदै नेपाली दर्शक हरुको मन जित्दै आएका नाजिरले सादा कागजमा ‘कि खान देऊ, कि जान देऊ’ लेखेर सामाजिक सञ्जालमा सेयर गरेका हुन् । कोरोना संक्रमणको कारण सरकार लेलक डाउन को घोषणा गरे पछी नाजिर पनि राजधानीमै रहेका छन । विश्वसँगै नेपालमा पनि लकडाउन भैरहेको समय मा र एक पछो अर्को गर्दै  लकडाउनको समय थपिदै गए पछी शहरमा कोठा भाडामा बस्ने मानिसहरु गाउँ फर्किनेक्रम जारी रहेको छ । साथै कतिपय मानिसहरु राजधानी बाट आफ्नो घर तर्फ पैदल नै जाने गरेका छन ।यसरी पैदल यात्राबाट घर जानेहरुको दर्दनाक तस्बिरहरु एक पछी अर्को गर्दै सार्वजनिक भैरहंदा र उनीहरुलाई सरकारले उचित तवरले गन्तव्य स्थलसम्म लैजानु पर्ने आवाज उठि रहेको समयमा  अभिनेता नाजिरले पनि सामाजिक सञ्जाल मा ‘कि खान देऊ, कि जान देऊ’ लेखेर यस अभियानमा सहभागीता जनाएका हुन ।