18th April 2020

अभिनेता बिराज भट्टको आठ लाखको चर्चामा सत्यता नभएको बताए बिराज स्वंयले ।

बैशाख,६,२०७६ ।यती बेला नेपाली चलचित्रको मिडियामा नेपाली चलचित्रको बजारमा एक्सन किङको नामले परिचित अभिनेता बिराज भट्टको समाचारले केही दिनयता बाट सामाजिक सञ्जाल मा चर्चाको बिषय बनेको छ ।नेपाली चलचित्रमा छाइरहेको समयमा भोजपुरी चलचित्रमा अभिनय गर्न पुगे पछी लामो समय पछी चलचित्र साङलो मार्फत पुन नेपाली चलचित्रमा कम ब्याक गरेका बिराजको समाचारले यसरी चर्चा पाउनु मा विराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको  खबर रहेको छ ।तर, विराज स्वयंले यो कुराको जानकारी नदिएका कारण धेरैलाई यो समाचार म विश्वास लागेको थिएन । यसबीच, अभिनेता बिराजले यस कुरामा सत्यता नभएको र आफूले सहयोग घोषणा नगरेको बताएका छन ।समाचार स्रोतका अनुसार देशमा लकडाउन शुरु भए पछि परिवारसँग भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बस्दै आएका अभिनेता भट्टले भने- ‘मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन । सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो आफु स्वंरी लाई थाहा नभएको र  कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा पनि नगरेको बताएका छन ।साथै उनले लकडाउनको पालन गर्न र अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन पनि आग्रह पनि गरेका छन । साथै अभिनेताअ बिराजले ‘यो भाइरसले धनीगरिब कसैलाई पनि चिन्दैन । सरकारले हाम्रै हितका लागि लकडाउन गरेको हो । त्यसैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हुन आग्रह पनि गरेका छन ।