17th April 2020

लक डाउनमा नेपाली सेलिब्रेटीहरु को हिसमाज सेवा गर्दै कोहि खेतिपाती गर्दै त को हि अतित लाई सम्झदै ।

बैशाख,५,२०७६ । 

कोरोना भाइरसको सक्रमण लाई फैलिन नदिन को लागी सरकारले लक डाउन गरे पछी यती बेला नेपाली चलचित्रका सेलिब्रेटी हरु आ आफ्नै घर बसी दिन कटौन बाध्य भएक छन ।साथै विरलै घरमा बस्न पाएका कलाकारहरु पनि अहिले परिवारसँग समय विताइरहेका छन् । कतिपय कलाकारहरु लकडाउन को समय मा सामाजिक कार्यमा लागेका छन भने कतीपय कलाकार हरु नजानेको खानेकुरा पकाउन सिकिरहेका छन् त कति गाउँ फर्केर खेतीपातीमा रमाइरहेका छन् । यसै क्रममा सदाबहार सुन्दरी नायिका सुन्दरी नायिका करिश्मा मानन्धरले छिमेकमा डेरा गरी बस्नेलाई राहत वितरण गरेकी छिन् । नायिका करिश्माले नुन, दाल, चामल जस्ता दैनिक उपभोग्य आवश्यक खाद्यन्न वितरण गरेकी हुन् । साथै उनले टौखेल वरपर डेरा गरी बस्ने काठमाण्डौं बाहिरकालाई गोदावरी भिलेज स्टुडियो (मानन्धर निवासमा) सम्पर्क गर्न आग्रह पनि गरेकी छिन् । ‘टौखेल वरिपरि कोहि काठमाडौं बाहिरका हुनुहुन्छ र समस्या छ भने गोदावरी भिलेज स्टुडियो (मानन्धर निवास) या बाउचाको ग्रोसरिमा सम्पर्क गर्नु होला’, भन्दै आफ्नो फेसबुक वालमा लेखेकी छिन् । त्यस्तै चकलेटी नायक आर्यन सिग्देलले पनि लकडाउनको समय लागी सदुपायोग गर्दै खेतिपाती गरेको तस्बिर सार्वजनिक गरेकाअ छन उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । सार्वजनिक गरेको तस्बिर मा उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ ।त्यस्तै एक समयकी चर्चित नायिका निरुता सिंहअले पनि लक डाउनको समय लाई सदुपायोग गर्दै चल्चित्रको छायकन को क्रममा लिइएका पुराना तस्बिर र्भिडियो सेयार गर्दै आफ्ना पुराना याद हरु लाई सम्झेकी छन उनले अतितलाई फर्केर हेर्दा शिर्षक राखेर तस्बिर तथ भिदियो सेयार गर्दै आएकी छिन उनले सार्वजनिक गरेको - भाग १ मा एक पुरानो तस्बिर राख्दै लेखिन छिन म शूटिंगमा जादा हमेशा आफु संग क्यामेरा लिएर जाने गर्थे किनकी त्यो समयमा अहिले जस्तै मोबाईल अनि स्मार्ट फोनहरू थिएन मलाई हमेशा इच्छा हुंन्थ्यो की शूटिंगको हर एक पलहरुलाई संगालेर राख्ने मलाई त्यो बेला सबैले सोध्ने गर्थ्यो कि येती धेरै वीडियो बनाएर के गर्ने ? म सधै भन्ने गर्थे की यो म पछि बुड़ेसकलमा परिवार संग बसेर हेर्नेछु अनि यो रमाईलो पलहरूलाई सम्झनेछु  तर त्यो बेला कसले सोचेको थीयो होला कि २०२० मा यो कोरोना नामको भयानक महामारी ले गर्दा बिश्व नै घरमा बंध भएर बस्नु पर्छ अनि त्यो सबै रमाईलो पल हरुलाई यसरी एक्लै बसेर हेर्नु पर्छ भनेर ख़ैर यो मुश्किलको घड़ीमा त्यो रमाईलो पलहरूलाई हजुरहरू संग शेर गरेर अलिकती भए पनि सबैको होठ मा हाशो ल्याउने यो सानो प्रयास गर्दछु ।त्यसै गरी अतितलाई फर्केर हेर्दा - भाग २ मा अभिनेता दिलिप रायमाह्जी सँगको एक भिडियो सेयार गर्दै लेखेकी छिन मेरो सम्पूर्ण नेपाली चलचित्रकर्मीहरू अनि मेरो प्रिय दर्शक फ्यानहरू को लागी। अतितलाई फर्केर हेर्दा - भाग ३ मा अभिनेता भुवन के सी सँग को सँग को एक भिडियो राख्दै लेखेकी छन आजको यो भाग हामी सबैको प्रिय निर्देशक शिव रेग्मी दाईं को सम्झना मा लेखेकी छन त्यस्तै भाग ४ मेरो सम्पूर्ण नेपाली चलचित्रकर्मीहरू अनि मेरो प्रिय दर्शक फ्यानहरू को लागी ।विशेष गरेर मेरो प्रिय किरण दाईं, शुशिल दाईं, दिलीपजी अनि हाम्रो अति नै शालीन र प्यारो नृत्य निर्देशक राजु शाह दाईं लाई धेरै धेरै धन्यवाद साथै माया संगै यो कोशेलि । ।नया वर्ष को हार्दिक हार्दिक शुभकामना त्यसै गरी  भाग ५ पनि मेरो सम्पूर्ण नेपाली चलचित्रकर्मीहरू अनि मेरो प्रिय दर्शक फ्यानहरू को लागी । आजको यो भाग चालचित्र” आमाको आशीर्वाद” को गाना शूटिंग को हो । र यो विशेष गरेर मेरो प्यारो नृत्य निर्देशक अथवा मेरो दाईं र मैले मायाले बोलउने नाम (माइली) , अनि मेरो प्रिय मित्र दाईं बरिष्ट छायाकार राजु बिक्रम थापा (जु) , हाम्रो महानायक राजेश हमाल दाई , प्रिय निर्देशक दाईं दीपक श्रेस्ठ लगायत सम्पूर्ण ग्रूप डांसर भाई बहिनी र सम्पूर्ण यूनिट लाई धन्यवाद छ यो रमाईलो पलको लागी त्यस्तै नायिका निरुताले अतितलाई फर्केर हेर्दा - भाग ६ मा मेरो सम्पूर्ण नेपाली चलचित्रकर्मीहरू अनि मेरो प्रिय दर्शक फ्यानहरू को लागी ।यो भाग चलचित्र “उपहार” को हो मेरो प्रिय नृत्य निर्देशक कमल राई (माइली) , नायक (मित्र) उत्तम प्रधान , छायाकार अदर्निय दाईं मंज़ुकुमार श्रेस्ठ अनि सम्पूर्ण ग्रूप डांसर भाई बहिनी लगायत सम्पूर्ण प्राबिदिक दाजुभाईहरू लाई मुरि मुरि धन्यवाद । नायिका निरुताले प्रत्यक भाग मा दयागरेर आफ्नो घरभित्रै बस्नु होला अनि श्वस्थ रहनु होला भन्दाइ आग्रह पनि गरेका छन