16th April 2020

नायिका पुजा र नायक पल को लागी बर्षा २०७७ बिशेष बन्दै ।

बैशाख,४,२०७७ ।नेपाली चलचित्रको बजारमा चलचित्र प्रेम गीत बाट चर्चामा आएकी नायिका पुजा शर्मा र चलचित्र म यस्तो गीत गाउछु बाट चर्चामा आएका नायक पल शाह लाई नेपाली चलचित्रका दर्शक हरुले सर्वाधिक खोजी गर्ने र निकै रुचएका नायक नायिका हरुमा पर्दछन ।यि नायक नायिका हरुलाई दर्शकले पहिलो पटक निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र म यस्तो गीत म यस्तो गीत गाउछु मा पहिलो पटक एक साथ देख्न पाएका थिए ।जुन चलचित्रले नेपाली चलचित्रको घरेलु बजारमा ब्यवसायिका सफलताअ बटुल्न सफल भएको थियो ।यसै क्रममा चलचित्र म यस्तो गीत गाउछु को सफलता पछी निर्देशक सुदर्शन थापाले चलचित्र म यस्तो गीत गाउछु को निर्माण गरेका छन जुन चलचित्रमा यि नायक नायिका पुजा शर्मा र पल शाह लाई नै देख्न पाइने छ ।जुन चलचित्र गत बर्षको चैत महिना मै प्रदशन हुने तयारीमा रहेको थियो ।सोही क्रममा चलचित्रको प्रचार प्रसार गर्दै निर्माण टिमले चलचित्रमा समाबेश गीत संगीत र चलचित्रको ट्रेलर लाई पनि सार्वजनिक गरिसकेको थियो ।तर यती बेला बिश्वभर महामारीको रुप मा फैलिरहेको कोरोना भाइरस को कारण उक्त चलचित्रको प्रदशन स्थगित हुन पुगेको थियो ।अब चलचित्र म यस्तो गीत गाउछु २ यस बर्ष प्रदशन हुने छ ।यसको साथ साथै बर्ष ७७ नायिका पुजा शर्मा र नायक पल शाहको लागी यो बर्ष विशेष हुने भएको छ । नायिका पुजा र नायक पलको लागी यो बर्ष विशेष हुनुको कारण रहेको छ यि नायक नायिका अभिनित अन्य केहि चलचित्र पनि यो बर्ष प्रदशन हुने तयारीमा रहेको छ । स्रोतका अनुसार नायिका पुजा र नायक पल अभिनित चलचित्र म यस्तो गीत गाउछु २ बाहेक यो बर्ष प्रदशनमा आउने अन्य चलचित्रहरुमा नायिका पूजा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ रहेको छ भने नायक पल शाह अभिनित चलचित्र ‘हृदयभरि’ र केही प्रतिशत छायांकन सकिएको चलचित्र ‘२ नम्बरी’ रहेको छ ।