15th April 2020

अमेरिकामा असुरक्षित महशुस गर्दै नायिका सिपोरा ।

बैशाख,३,२०७६ । नेपाली कथानक चलचित्र भुइमान्छे की नायिका हुन सिपोरा गुरुङ ।उनी अभिनेत्रीको साथ साथै भलिबल खेलाडी पनि हुन्। चलचित्र भुइमान्छे मा अभिनय गरे पछी काँचको पर्दामा नदेखिएकी नायिका तथा भलिबल खेलाडी सिपोरा यती बेला अध्ययनका लागि अमेरिकामा बस्दै आइरहेकी छिन । यसै शिलशिलामा नायिका सिपोराले सामाजिक सञ्जाल मार्फत नेपाली हरुको नयाँ बर्षको शुभकामना दिदै शक्तिशाली देशमा भएर पनि कोरोना भाइरसका कारण आफु असुरक्षित भएको  अनुभूति गर्नु परेको बताएकी छिन । उनले सामाजिक सञ्जाल इन्स्टा मा लेखेकी छिन कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा बिडम्बना हो । प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिङ्गो मानव-सभ्यताको रक्षाका लागि लागौँ । हरेक विपत्तिहरूले एउटा न एउटा पाठ सिकाएर जान्छ । हामीले हाम्रो प्राचीन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हीत हुने चिन्तनमा लागौँ ।नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् । सबै नेपाली आमाबुबा, दाजुभाइ-दिदीबहिनीहरूसँगै विश्वमानव समुदायमा शान्ति, समृद्धि र स्वस्थ जीवनको शतत् शुभकामना व्यक्त गर्दछु ।