14th April 2020

कोरोना विरुद्ध सबै मिलेर लड्न अभिनेता द्वय प्रदीप खड्का र पल शाहले गरे आग्रह ।

बैशाख,२,२०७६ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण बाट सुरक्षित रहन को लागी यती बेला नेपाल सरकारले देश लकडाउन गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गएको तीन साता बाट देश लक डाउन रहेको हो । साथै यो अवधि तत्कालै हट्ने सम्भावना नरहेको पनि बताइएको छ ।  विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेसँगै यती बेला हरेक मानिसहरुको जनजीवनसँगै हरेक क्षेत्र पनि प्रभावित बन्न पुगेको छ ।साथै नेपालमा पनि कोरोना भाइरस को संक्रमितको संख्या बढ्दै जान थालेपछि मानिसमा मनोवैज्ञानिक त्रास पनि उत्पन्न हुन थालेको छ । यसै क्रममा यो विषम परिस्थितिमा नआत्तिन र धैर्यताका साथ कोरोनाविरुद्ध सबै मिलेर लड्न को लागी नेपाली चलचित्रका स्टारअभिनेता द्वय प्रदीप खड्का र पल शाहले आग्रह गरेका छन् । अभिनेता पल र प्रदीपले गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी र प्रताप दासको स्वरमा तयार भएको सन्देश मुलक गीत ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा अभिनय गर्दै उनीहरुले यो अपिल गरेका हुन् । गीतमा प्रदीप र पलसँगै प्रदशनको पखाईमा रहेको चलचित्र ‘प्रेमगीत ३’ की नायिका क्रिस्टिना गुरुङ र सोही चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनको पनि अभिनय रहेको छ । यि नायक नायिकाको साथै उक्त गीत मा स्वर भरेका  गायक तथा गायिकाहरु लाई पनि प्रस्तुत गरिएको गीतमा एलिस कार्की र प्रमोद निर्वाणको संगीत,अशोक शेरचनको शब्द,रुपेश थापाको सम्पादन रहेको छ ।रुपेश थापा, विजय भण्डारी र दिपेश उपाध्यायको छाँयाकन रहेको निर्देशक नितिन चन्दले निर्देशन रहेको छ ।साथै यो गीतको भिडियोमा अभिनय गर्न नेपाली चलचित्रमा निकै रुचाइएका अभिनेता प्रदीप,पलको साथ अन्य कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिएको जानकारी प्राप्त छ । साथै कोरोना भाइरस को कारण पुरै देश लक डाउन भए पछी यती बेला नेपाली चलचित्रका कलाकार हरुले बिभिन्न सर सहयोग पनि गर्दै आइरहेका छन ।यसै क्रम मा नायक पल शाहले दुइ सय प्राबिधिकको परिवारलाई राहत वितरण गरेका छन् । नायक पल शाहले नय नेपाली बर्षको अवसर परेर पाँच लाख बराबरको राहत प्राबिधिकलाई वितरण गरेका पनि बताइएको छ। स्रोतका अनिसार नायक पल शाहले नेपाली चलकित्रका प्राबिधिकको परिवारलाई पांच हजार किलो चामल, चार सय किलो तेल, दुई सय दर्जन बिस्कुट,पाँच सया कलो दाल, चार सय किलो आटा, दुई सय किलो नुन, दुई सय पोका मस्सेउरा, चार सय वटा साबुन वितरण गरेको पनि बताइएको छ । नायक पल शाहले चलचित्र प्राबिधिक संघ नेपालका प्रमुख पुस्कर लामाको रोहबरमा पलले राहत वितरण गरेका बताइएको छ ।