13th April 2020

नायिका शिल्पा पोखरेलले गरिन भोजपुरी चलचित्रमा डेब्यु ।

बैशाख,१,२०७७ ।म्युजिक भिडियो हुँदै चलचित्रको ठुलो पर्दामा फडको मारेकी नायिका शिल्पा पोखरेल लाई अब भोजपुरी चलचित्रमा पनि देख्न पाइने भएको छ ।समाचार स्रोत का अनुसार नायिका शिल्पापोखरेल लाई नेपालमा निर्माण र प्रदर्शन भइसकेको चलचित्र ‘जय शम्भु’को नाममा निर्माण हुन लागेको भोजपुरी चलचित्र ‘जय शम्भु’मा देख्न पाइने भएको  हो ।स्रोत का अनुसार सोनु खत्रीको निर्माण र निर्देशनमा निर्माण हुन लागेको उक्त भोजपुरी चलचित्र बाट  नेपाली चलचित्रकी नायिका शिल्पा पोखरेलले भोजपुरी चलचित्रमा डेब्यू गर्न लागेकी बताइएको हो ।साथै चलचित्रको निर्माण टिमले चलचित्रको एक्सन प्याक्ड टिजर लाई पनि सार्वजनिक गरिसकेको छ ।जुन टिजर मा नायिका शिल्पा पोख्रेल लाई पनि बिशेश स्थान दिइएको छ । अधिकांश छायांकन नेपालमा गरिएको चलचित्र ‘जय शम्भु’ मा नायिका शिल्पा पोखरेल लाई भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेको देख्न पाइने छ । साथै म्युजिक भिडियो र नेपाली चलचित्र हुँदै भोजपुरी चलचित्रमा डेब्यू गर्न लागेकी नायिका शिल्पा उक्त चलचित्र लाई लिएर निकै उत्साहित रहेको पनि बताइएको छ ।साथै नायिका शिल्पाले चलकित्रको सार्वजन टिजर लाई सामाजिक सञ्जाल फेसबुक मा पनि साझेदार गरेकी छन ।चलचित्रमा नायिका शिल्पाको अलवा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ । नेपाली चलचित्रका छायाँकार हरि लामाको छायाकन रहेको चलचित्र‘जय शम्भु’ मा नेपाली चलचित्रका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा रहेको छ । चलचित्र जय शम्भु को निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरे पनि चलचित्रको प्रदर्शन मिति भने घोषणा गरेको छैन ।