12th April 2020

नायिका बर्षा राउतले बाँडिन् भोकै रहेको पशुपंक्षीलाई आहारा ।

चैत,३०,२०७६ ।नेपालको छिमेकी देश चीन  बाट शुरु भएको कोरोना भाइरसले बिश्व आक्रान्त बनी रहेको समयमा कोरोना भाइरसको को संक्रमण फैलिन नदिन नेपाल सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेको छ । नेपाल सरकारले कोरोना भाइरसको  संक्रमण फैलिन नदिन तेस्रो पटकका लागि बैशाख ३ गतेसम्म लम्ब्याइएको यो अवधि पुनः थप गर्ने तयारीमा नेपाल सरकार रहेको पनि बताइएको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण बाट जोगिन को लागी लक डाउनको घोषणा गरे पछी यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जनजीवन प्रभावित भएको छ । साथै लक डाउनको प्रत्यक्ष असर आम मानिसको साथ साथै पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ । यसै क्रममा लकडाउनपछि पशुपंक्षी, चराचुरुङ्गीलगायत आहाराको अभावमा मर्ने अवस्थामा पुगी रहेकोसमयमा नेपाली चलचित्रकी नायिका वर्षा राउतले आइतवार विहान काठमाडौँको टेकु,इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भू, बुढानिलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार दिएकी छन । नेपाली चलचित्रका सेलिब्रेटी हरुले लक डाउनको कारण समस्यामा परेका मानिस हरु लाई आर्थिक सहयोग गर्दै आइरहेको समयमा नायिका बर्षाले चराचुरुङी र पशुपंक्षी लाई आहारा बाडेकी हुन । साथै केही दिनअघि मात्र नायिका वर्षा राउतले केही दिनअघि मात्र नेपाली चलचित्रका प्राविधिकहरुलाई ५१ हजार नगद पनि सहयोग गरेकी थिइन् ।त्यस्तै अर्की नायिका वर्षा सिवाकोटीले पनि सडकमा भोकै रहेका कुकुरहरुलाई खाना खुवाएकी थिइन् भने अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले भोकै रहेको जनावरलाई खानाको व्यवस्थाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए ।