10th May 2019

चलचित्र दाल भात तरकारी प्रदशनको दोस्रो हप्तामा,पसिनाको आज बाट प्रदशन शुरु ।

बैशाख,२७,२०७६ ।गत हप्ता बैशाख २० गते बाट प्रदशनमा आएको नेपाली कथानक चलचित्र दाल भात तरकारीले आज बाट प्रदशनको दोस्रो हप्ता प्रबेश गरेको छ ।चलचित्र दाल भात तरकारीले प्रदशनको दोस्रो हप्ता प्रबेश गरी रहेको समयमा आजै बाट नयाँ नेपाली चलचित्र‘पसिना’ले पनि आफ्नो प्रदशनी शुरु गरेको छ ।निर्देशक आर,बी,के खत्रीको निर्देशनमा तयार भएको र आज शुक्रबार बैशाख २७ गते बाट प्रदशन मा आएको चलचित्र पसिनाले मजदुरको कथालाई उठान गरेको छ । सत्कर्म गर्नका लागि पसिना बगाउनुपर्छ भन्ने कथालाई देखाउन खोजेको चलचित्रमा गौरव पहारी, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।