08th April 2020

नायिका पुजा शर्माको सहयोग नेपाली चलचित्रका प्राबिधिक हरुलाई ।

चैत,२६,२०७६ । चीनबाट फैलिएको कोरोना भाइरसको कारण यती बेला विश्वलाई आक्रान्त बनिरहेको छ । यसै क्रममा कोरोनाको संक्रमण लाई फैलिन नदिन नेपाल सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ प्राय जसो एक्सन कट मा रमाउने नेपाली चलचित्रका कलाकारहरु पनि घर भित्रै सीमित हुनु परेको छ । साथै विरलै घरमा फुर्सदसँग बस्न पाउने नेपाली चलचित्रका सेलिब्रेटीहरु यतिबेला आ आफ्ना परिवारसँग दुःख सुःखका कुरा गरेर समय काटिरहेका छन् । यसको साथ साथै नेपाली चलचित्रका कलाकार हरुले बिभिन्न सामाजिक सञ्जाल हरु मार्फत आफ्ना शुभचिन्तकहरुलाई घरमै बसेर विशेष सावधानी अपनाउन अपिल पनि गरिरहेका छन् । साथै कलाकारहरुले बिपद मा परेकाहरु लाई आर्थिक सहयोग पनि गरिरहेका छन ।यसै क्रममा नेपाली चलचित्रको बजारमा सबैको रोजाइमा पर्न सफल नायिका पुजा शर्माले पनि नेपाली चलचित्रका प्राविधिकलाई दुई लाख बराबरको खाद्यन्न उपलब्ध गराउने पूजाले घोषणा गरेकी हुन् ।नायिका पुजाले सामाजिक सञ्जाल मा लेखेकी छन नमस्कार,विश्व यतिबेला कोरोना संक्रमणका कारण संकटमा छ । यो अवस्थामा एकले अर्काको सहयोग गर्नु हामी मानवको कर्तव्य हो । मलाई विश्वास छ, यो संकटबाट हामी चाडै बाहिर आउनेछौ ।तर, कोरोना संत्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यमा हुनुहुन्छ । कलाकारको दुख र सुखमा साथ दिने तीनै प्राविधिकहरुका लागि यो समयमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।यसैले, प्राविधिक दाजुभाई तथा दिदीबहिनीहरुको कामको उच्च सम्मान गर्दै यो संकटको घडीमा मैले आफनो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।मलाई विश्वास छ, यो संकटको घडीमा हामी चलचित्रकर्मी सबैले आफनो तर्फबाट कुनै न कुनै सहयोग आवश्यक पर्ने चलचित्रकर्मीलाई नै गरेको खण्डमा यो समस्याबाट कसैलाई पनि अप्ठयारो पर्नेछैन ।अन्त्यमा, सबैजना सर्तक रहनुहोला, सुरक्षित रहनुहोला । घर भित्रै रहनुहोला । धन्यवाद । जय नेपाल जय नेपाली सिनेमा