20th March 2020

चलचित्र ए मेरो हजुर ४ को छायाकन स्थगित ।

चैत,७,२०७६ ।चैत,७,२०७६ ।नायिका तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण भैरहेको चलचित्र ए मेरो हजुर ४ को छायाकन रोकिन पुगेको छ ।गत महिनाको फाल्गुन १६ गते चलचित्रको  शुभ मुर्हत भए सँगै छायाँकन पनि शुरु भएको चलचित्रको छायाँकन रोकिनुमा अहिले बिश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रहेको बताइएको छ ।नेपाली चलचित्रका स्टार अभिनेता अनमोल के,सी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन स्थगित भएको जनाकारी चलचित्रका निर्माता सुनिल कुमार थापाले सामाजिक सञ्जाल मार्फत दिएका हुन ।निर्माता थापाले सामाजिक सञ्जालमा चलचित्र ए मेरो हजुर ४ को छायाँकन स्थगित भएको जानकारी दिदै लेखेका छन ।बैश्विक चासो र सुरक्षाको तत्परता देखाउनु पर्ने कोभिड १९ कोरोनाको रोकथामको लागि सामाजिक दुरी पनि एउटा जरुरी उपाए भएकोले हामीले "ए मेरो हजुर ४" को सूटिङ्गको कार्य केही समयका लागि स्थगित गरिएको जानकारी सबै सम्बन्धित साथीहरू लाई जानकारी गराउँछौं। आबस्यक जैवीकसुरक्षा र सामाजिक दुरीको पालना गरौं ! हामी चाँढै नै फेरि आफ्नो कार्यमा लाग्ने छौं। सबै सुरक्षित रहौं! स्टे सेफ त्यसै गरी चलचित्रकी निर्देशक झर्ना थापाले पनि चलचित्रको छायाँकन स्थगित भएको जानकारी सामाजैक सञ्जाल मार्फत खुलाउदै लेखेकी छन सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुति चलचित्र ए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकिएको छ ! मानव जति लाइ नै चुनौति बनि रहेको (कोविड-१९ )कोरोना संक्रमण बाट बच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ! यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ ! आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैन ! हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौ ! हरे कृष्ण ! त्यस्तै नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैत गते बाट प्रदशन मा आउने तयारीमा रहेको चलचित्र प्रेम गीत ३ र चपली हाइट ३ को प्रदशन पनि स्थगित भएको छ ।दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको चलचित्रका निर्माता सन्तोष सेनले कोराना भाइरस को कारण चलचित्रको प्रदशन स्थगित गरिएको बताएका छन ऐतिहासिक प्रेमकथामा निर्माण भएको बताइएको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । त्यसै गरी सोही मिती बाट प्रदशन मा आउने बताइएको अर्को चलचित्र चपली हाइट ३ को पनि प्रदशन स्थगित भएको छ ।चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको जानकारी निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले एक  विज्ञप्ती जारी गर्दै दिएका हुन  ।निर्माता अर्जुन कुमारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। निकेश खड्काको निर्देशनमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’ सुपुष्पा भट्ट, स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।