16th March 2020

चलचित्र ‘परदेशी २’ मा अभिनेता दीलिप रायमाझीको प्रवेश ।

चैत्र,३,२०७६ ।निर्देशक नारायण रायनाझीको निर्देशन मा निर्माण भैरहेको चलचित्र परदेशी २ मा अभिनेता दिलिप रायमाझीको पनि अभिनय रहने भएको छ ।कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको चलचित्र ‘परदेशी २’ मा नृत्य र अभिनय कला बाट लाखौ दर्शक हरुको मन जित्न सफल अभिनेता दीलिप रायमाझीको प्रवेश भए सँगै उक्त चलचित्र दर्शक हजु माझ प्रतिक्षित बन्न सफल भएको छ ।चलचित्र परदेशी २ मा सबैका प्रिय अभिनेता दिलिप रायमाझीको पनि प्रबेश भएको जानकारी गायकबाट नायक  बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत दिएका हुन् । सपुतले सामाजिक सञ्जालमा दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै लेखेका छन्, “हिरो बन्ने सपना र दिलिप रायमाझिको ठुलो फ्यान “ बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आईडल) हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? ? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ ? #परदेशी२✌️ साथै उनले उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको पनि लेखेका छन् । प्रकाशले अगाडी लेखेका छन ‘आज शुटिङ भइरहदा पनि घरी-घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? कि म गहिरो निन्द्रामा छु र मिठो सपना देखिराछु ? हँ ?’ यसको साथसाथै अभिनेता दीलिप रायमाझीले पनि चलचित्र ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । पोखराको बिभिन्न रमणिय स्थल हरुमा गएको २ हप्ता देखी छायांकन भैरहेको चलचित्र मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । रमेश वि ।जीको कथा तथा पटकथा रहेको चलचित्रमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षको कथा हुने बताइएको छ ।