13th March 2020

चलचित्र म यस्तो गीत गाउँछु २ को गीत ‘तिम्रो घरको वरिपरी’ करोड क्लबमा प्रबेश गर्न सफल ।

फाल्गुन्,३०,२०७६ ।नायिका पुजा शर्मा र नायक पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ को गीत ‘तिम्रो घरको वरिपरी’ करोड क्लबमा प्रबेश गर्न सफल भएको छ ।फाल्गुन २३ गते बाट फाल्गुन ३० लाई प्रदशन मिती तय गरे पनि बिश्वभर फैलिरहेको कोरोना भाइरस को प्रभावका कारण अनिश्चित कालको लागी प्रदशन स्थगित भएको चलचित्रको गीत तिम्रो घरको वरिपरी ले दर्शकहरुको मन जित्दै सकारात्मक प्रतिकृयाको साथमा करोड क्लबमा पुग्न सफल भएको हो ।चलचित्र प्रदशनमा आउनु अगाडि चलचित्रमा समाबेश गीतले युटुबमा एक करोड भ्यूज पाए पछी यती बेला चलचित्रका निर्माण टिम मा खुशी छेको छ ।सार्वजनिक भएको २ महिनामा करोड भ्यूज पाउन सफल गीत सामाजिक संजालमा समेत निकै हिट भएको छ ।यो गीतलाई करिब २ लाख लाइक, १४ हजार भन्दा बढीले गीतलाई लिएर बिभिन्न प्रतिक्रिया दिएका छन् । गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत र गायक सोनम तोप्देन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । त्य्स्तै सौरभ लामाको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतको भिडियोमा चलचित्रका मुख्य पात्र नायिका पूजा शर्मा र नायक पल शाह माथी  फिचरिङ गरिएको छ । निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको लगानी मा निर्मित चलचित्रमा नायिका पुजा र नायक पल को अलवा हरिहर शर्मा,दिनेश डि, सी,राजा राजेन्द्र पोखरेल गणेश गिरि,सोनिका रोकाया लगाएत कलाकार हरुको अभिनय रहेको छ ।सागितिक प्रेम कथामा निर्माण भएको चलचित्रमा निर्देशन सुदर्शनको कथा,सौरभ लामाको छाँयाकन,रामजी लामिछानेको नृत्य,शिवम अधिकारी र दिनेश न्यौपाने को पटकथा,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।