13th March 2020

नायिका आँचल शर्माले कसिन प्रेमी उदिप श्रेष्ठ सँग लगनगाठो।

फाल्गुन्,३०,२०७६ ।निर्देशक बिकाश राज आचार्यको निर्माण र निर्देशनमा निर्मित नेपाली कथानक चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट नेपाली चलचित्रको बजारमा प्रबेश गरेकी नायिका आँचल शर्मा बैवाहिक बन्धन मा बाढिएकी छिन ।नायिका आचल शर्माले फेसबुकको माध्यमबाट चिनजान भैकरिब डेढ वर्ष देखी एक अर्काको प्रेममा रमाइरहेका प्रेमी प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । नायिका आचल र प्रेमी उदिपले बिहीवार हिन्दू परम्परा अनुसार राजधानीको बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका हुन् । विवाह समारोहमा आचल र उदिप पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए ।साथै नायिका आँचल शर्माले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु लाई आमाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्विरमा नायिका आचल लाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । नायिका आचल लाई उदिपले बरमाला लगाउँदै गर्दा भने उनी निकै प्रफुलित देखिएकी छन् । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम यि जोडीले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।