02nd March 2020

यु ट्युब को ट्रेण्डिङ १ मा चलचित्र लभ स्टेसन ।

फाल्गुन,१९,२०७६ ।चलचित्र लिली बिली का का जोडी नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेसन ले प्रदशन को समय मा नेपाली दर्शक हरुको मन जित्न सफल भए झै यु ट्युब मा पनि दर्शक हरुको मन जित्न सफल भएको छ ।गएको बर्ष नेपाली चलचित्रको बजारमा प्रदशनमा आएको चलचित्र लाई बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट गत हप्ता  सार्वजनिक गरिएको हो ।चलचित्र लभ स्टेसन लाई यु ट्युब बाट सार्वजनिक भएको करिब ५ दिन मै २२ लाख भन्दा धेरै पटक हेरिसकिएको छ भने यु ट्युब को नेपाल ट्रेण्डिङ न्ं १ मा आउन पनि सफल भएको छ ।प्रदीप खड्का, जसिता गुरुङ्, रमेश बुढाथोकी, सिरु बिष्ट, रबी डंगोल्, प्रिया रिजाल्, प्रकाश शाह्, कालु राणा, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल्, ज्वलन्त गौतम लगाएत कलाकार हरुको अभिनयाँ रहेको लभ स्टोरी चलचित्र लाई निर्देशक उज्ज्वल घिमिरे ले निर्देशन गरेका छन ।काफिया फिल्मस को ब्यानर मा निर्मान भएको चलचित्रका निर्मातामा गोबिन्द शाहि, कृशु शाही (काफिय),कबिर बिक्रम शाही रहेका छन ।चलचित्र लभ स्टेसन मा दिपक शर्मा, शम्भुजीत बास्कोटा,राजन राज शिवाकोटी र अलिश कार्की को संगीत,कुमार श्रेष्ठ को द्रन्द,शिशिर खातीको नृत्य,लोकेश बज्राचार्य को सम्पादन्,आलोक शुक्लाको छायाकन्,शुभाष सिंह बस्न्यात को लेखान रहेको छ ।