28th February 2020

चलचित्र ए मेरो हजुर ४ को शुभ मुर्हत सँगै छायाकन शुरु ।

फाल्गुन,१६,२०७६ ।नायिका तथा निर्द्शक झरना थापाको निर्देशन र नायिका थापाका पती निर्माता सुनिल कुमार थापाको निर्माण मा बन्न लागेको चलचित्र ए मेरो हजुर ४ को शुभ मुर्हत भएको छ ।नेपाली चलचित्रका स्टार अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गरिएको हो । चलचित्रको मुहूर्त समारोहमा चलचित्रका प्रमुख पात्र अभिनेता अनमोल र अभिनेत्री सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायतको उपस्थित र्‍अहेको थियो। मुहूर्तसँगै छायांकन पनि सुरु भएको चलचित्र ए मेरो हजुर ४ को छायाकन  शुक्रवार काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टिम आजै पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको पनि बताइएको छ।यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्माण तिम रहेको चलचित्रको बाकी छायाकन पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा  करीब ३० दिन  हुने पनि जा बताइएको ।  डेढ करोड को लगानी मा निर्माण हुने बताइएको चलचित्र   सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।चलचित्र वर्ष ७७ को दशैंको फूलपातीमा प्रदर्शनमा आउँने बताइएको छ। जुन मिती मा चलचित्र‘छक्का पञ्जा ४’ र महजोडीले निर्माण गर्न लागेको चलचित्र प्रदशन मा आउने बताइएको छ । प्रेमकथामा बन्न लागेको यो चलचित्र मेरो हजुर ४’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।