27th February 2020

चलचित्र धुलोको टिमले गर्‍यो रिक्सा चालकलाई सम्मान ।

फाल्गुन,१५,२०७६ ।आउदो शुक्रवार फाल्गुन १६ गते बाट प्रदशन मा आउन लागेको चलचित्र धुलो को टिम ले  क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमका बीच लामो समय देखी रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ ।  कलाकार बुद्धि तामाङ लाई मुख्य भूमिकाआमाअ देख्न पाइने चलचित्र धुलोको निर्माण टिमले ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र बलबहादुर श्रेष्ठलाई सम्मान गरेको हो । रिक्सा चालक तामाङ र श्रेष्ठलाई बरिष्ठ कलाकार नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र चलचित्र धुलोका निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका हुन् । साथै सोही अवसरमा निर्माण टिमले एक सयभन्दा बढी रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट समेत प्रदान गरेको थियो । साथै उक्त कार्यक्रममा चलचित्र धुलोका तर्फबाट नागार्जुन एकेडेमीमा रिक्सा मजदुरका दुईजना छोरा-छोरीलाई छात्रवृत्तिको व्यवस्था पनि मिलाइएको छ । साथै उक्त कार्यक्रम मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले  ‘धुलो’ ले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमपछि नीर शाह, कलाकार बुद्धि तामाङ, निर्देशक मिश्र, निर्माता संघका अध्यक्ष अधिकारीलगायतले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेका थिए निर शाह लाई चलचित्रमा विशेष भूमिकामा देख्न पाइने छ । राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको कथामा फिल्म निर्माण दीपा धरेलको प्रस्तुति रहेको छ.बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, लक्ष्मी बर्देवा, बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको अभिनय छ । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्ममा केशव मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको छ ।