26th February 2020

नायिका रेखा थापाको नयाँ चलचित्रका लागी स्मिता दाहालले गरिन गीत रेकर्ड ।

फाल्गुन,१४,२०७६ ।नायिका रेखाको थापाको रेखा फिल्मसको ब्यानर बाट निर्माण हुन लागेको एक नयाँ चलचित्रका लागी गायिका स्मिता दाहालको स्वर रेकर्ड गरिएको छ । नायिका रेखाको नयाँ चलचित्रको लागी पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले यसै साता आफ्नो स्वर रेकर्ड गराएकी हुन् ।गीतमा संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत र उदयराज पौडेलको एरेञ्ज  रहेको छ ।बाह्र वर्षकै कालीलो उमेर बाट गीत गाउन थालेकी गायिका स्मिताको पछिल्लो गीत ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’  हिट छन । साथै नायिका रेखा र संगीतकार सापकोटाले गायिका स्मिताको ‘मायालु तिमी कता छौं’ गीत सुनेर  आफ्नो प्रोजेक्टमा आवद्ध गराएको पनि बताइएको छ। नायिका रेखाको नयाँ चलचित्रका लागी गायक  प्रताप दासको पनि स्वर रेकर्ड गराइसकेका संगीतकार सापकोटा गीतलाई लिएर निकै उत्साहित रहेको पनि बताइएको छ ।समाचार स्रोत लाई संगीतकार सापकोटाले ‘जसरी सिम्पल सिम्पल कान्छी र स्लोली स्लोली दर्शकमाझ सुपरहिट भए रेखा जीको नयाँ फिल्मको यो गीत पनि सुपरहिट हुन्छ भन्ने आफुले विश्वास लिएको बताएका छन ।निर्देशक सविर श्रेष्ठको निर्देशन रहने चलचित्रमा रेखा थापा, सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने र चलचित्रको छायाकन बैशाखबाट  सुरु हुने पनि बताइएको छ ।