09th May 2019

नायिका सुहाना थापाको जन्म दिनमा काठमाण्डौको पाँच तारे होटलमा पार्टी ।

बैशाख,२६,२०७६ ।नेपाली कथानक चलचित्र ए मेरो हजुर ३ बाट नेपाली रजतपटमा प्रबेश गरी, पहिलो चलचित्र बाट नै स्टार नायिकाको उपमा पाउन सफल,नायिका तथा निर्देशक झरना थापाकी छोरी नायिका सुहाना थापाले हिजो २१औ जन्म दिन मनाएकी छिन ।नायिका सुहाना थापाको हिजो परेको २१ औं जन्मदिनको अवसर पारेर काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा चलचित्र ‘ए मेरो हजुर ३’को सफलताको पार्टी एक भव्य कार्यक्रमको आयोजना गरिएको छ । नायिका सुहानाको जन्म दिन र चलचित्र ‘ए मेरो हजुर ३’को सफलताको पार्टीमा  चलचित्र निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायतको उपस्थित रहेको थियो ।साथै चलचित्र ए मेरो हजुर ३ का नायक अनमोल केसी र कलाकार सलोन बस्नेत पनि उपस्थित थिए ।