25th February 2020

नायिका आचल शर्माले गरिन प्रेमी उदीप श्रेष्ठ सँग इन्गेजमेन्ट ।

फाल्गुन,१३,२०७६ ।निर्देशक बिकाशराज आचार्यको निर्माण र निर्देशनमा बनेको चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली राजतपटमा डेब्यु गरेकी नायिका आचल शर्माले सोमबार प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन । यही फागुन महिनाको अन्तिममा बिवाह गर्न लागेकी नायिका आचल को इन्गेजमेन्टमा नायिका आँचल र उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती रहेको बताइएको छ । करिब डेढ वर्षदेखि एक अर्काको प्रेम मा रमाइरहेका यि जोडीको इन्गेजमेन्ट काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा भएको पनि बताइएको छ ।साथै केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेकी नायिका आचलले यसै वर्ष बिबाह गर्ने पक्का भएपछि मात्र उनले आफ्नो प्रेमको बिषयमा खुलेर बोल्दै आएकी थिइन ।साथै समाचार स्र्तका अनुसार यही फागुन २९ गते बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा बिवाह गर्ने तयारीमा रहेका यि जोडीले फागुन ३० गते राजद्जानी को  पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको पनि बताइएओ छ । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रेमी उदिप   सँग नजिकिएकी नायिका आँचलले आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँदै आएकी छिन् । जीवनको दोस्रो अध्याय सुरु गर्न लागेकी नायिका आँचल शर्माले विवाहपछि पनि आफु चलचित्र अभिनयमा सक्रिय रहने बताउँदै आएकी छन् । हालै उनले चलचित्र‘झिँगेदाउ’को छायांंकन सम्पन्न गरेकी छिन भने विवाहपछि चलचित्र‘दुई रुपैयाँ’ टिमको निर्माणमा बन्न लागेको चलचित्र ‘डामाडोल’मा ब्यस्त हुने पनि बताइएको छ ।