24th February 2020

चलचित्र हिजो आजका कुराको पहिलो गीत ‘माया जदौं’ सार्वजनिक ।

फाल्गुन,१२,२०७६ ।निर्देशक साकार पन्तको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र हिजो आजका कुराको पहिलो गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको छ । बैशाख १२ गतेदेखि प्रदर्शनमा आउँन लागेको चलचित्रको सार्वजनिक लोक लयको गीत ‘माया जदौं’ मा आनन्द अधिकारीको शब्द दिपक शर्माको संगीत र गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के ।भट्टराई र साकार पन्त लगाएत लाई देख्न सकिन्छ ।चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।