23rd February 2020

चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक ।

फाल्गुन,११,२०७६ ।चैत २८ गते बाट प्रदशनमा आउन लागेको अभिनेता प्रदीप खड्का अभिनित यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ ।निर्माण कार्य देखी नै चर्चामा रहेको चलचित्रको निर्माण टिमले यस अघी चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको गीत हात्ती ढुंगामा बोल रहेको गीतले चर्चा बटुली रहेको समयमा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको छ ।सार्वजनिक  गीतमा चलचित्र प्रेम गीत ३ को  चलअचल दृश्यहरु समावेश गरिएको छ । साथै गीतले चलचित्रका प्रमुख पात्र अभिनेता प्रदीप प्रेम र अभिनेत्री कृष्टिना गीतको मनोभाव र प्रेमभाव लाई देखाइएको छ ।त्यस्तै उनीहरुको अंकुराउँदै गरेको प्रेमलाई पनि देखाइएको छ । यसको साथ साथै गीतमा प्रदीपको बाल्यकाल (प्रेम) को भूमिकामा प्रस्तुत भएका बाल कलाकार अनुभव रेग्मी र क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा प्रस्तुत भएकी बाल कलाकार सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ । चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय रहेको छ । डेढ सय वर्ष अगाडिको प्रेमकथा निर्माण भएको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन,,कल्याण सिंह र एलिश कार्कीको संगीत,राजेश श्रेष्ठले डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन , छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको छ ।