19th February 2020

प्रदशनरत चलचित्र लभ डायरिजको नयाँ गीत सार्वजनिक ।

फाल्गुन्,७,२०७६ ।प्रदशनरत चलचित्र लभ डायरिजको नयाँ गीत सार्वजनिक भएको छ ।नेपाली चलचित्रको घरेलु बजार मा फाल्गुन २ गते बाट प्रदशनमा आइ नेपाली दर्शक हरुको मन जित्दै ब्यवसायिक सफलता बटुली रहेको चलचित्रको आफै सँग छुटे पछी मन बोल रहेको गीत लाई निर्माण टिमले सार्वजनिक गरेको हो ।अभिनेता शुशिल श्रेष्ठ र नव अभिनेत्री रुबिना थापा अभिनित चलचित्रले प्रियमियर शो देखी नै दर्शक हरुको मन जित्दै सकारात्मक प्रतिकृयाको साथ ब्यवसायिक सफलता पाइरहेको समयमा सार्वजनिक गरिएको गीतको भिडियोमा शुशिल र रुबिनाको माया प्रेम मिलन बिछोड लाई देखाइएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा तयार भएको गीतमा सुमित पाठक को स्वर रहेको छ ।निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्मित चलचित्र लभ डायरिजमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएर निर्माण भएको उक्त चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको चलचित्रमा अभिनेता सुशील लाई विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा देख्न पाइने छ ।‘ई इस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्र ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ ।  विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माणमा निर्मित उक्त चलचित्रले ब्यवसायिक सफलताअ बटुल्न सफल भए पछी यती बेला नव नायिका रुबिना थापाको साथ निर्माण टिम उत्साहित रहेका रहेका छन ।