18th February 2020

चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ ।

फाल्गुन,६,२०७६ ।प्रद्युम्न मिश्रको निर्देशनमा सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो फागुन १६ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण टिमले केहि दिन अघी मात्र सार्वजनिक गरेको फर्स्टलुक पोस्टरले चर्चा बटुली रहेको समयमा रिक्सा चालकको पारिवारिक कठिन अवस्थालाई चित्रण गरिएको चलचित्रको ट्रेलर लाई सार्वजनिक गरेको हो ।निर्देशक प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्मित चलचित्र धुलोमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई अत्यन्तै मर्मस्पर्शी कथामा निर्माण भएको बताइएको चलचित्र ‘धुलो’ मा कलाकारहरु बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा सँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्की को मुख्य भूमिका रहेको छ । साथै नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको पनि विशेष भूमिका रहेको चलचित्रमा ‘हैट’ उपनामले चिनिने बुद्धि तामाङ लाई मजदुरको भूमिकामा देख्न पाइने छ ।सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।