17th February 2020

चलचित्र बिकास बोर्डका अध्यक्ष स्व: केशव भट्टराईको परिवारलाई चलचित्र आमाको आर्थिक सहयोग ।

फाल्गुन,५,२०७६ ।  सम्पुर्ण आमा हरुमा समर्पित चलचित्र हो आमा, जुन चलचित्र यही शुक्रवार फाल्गुन ९ गते बाट प्रदशनमा आउदै छ ।चलचित्र लाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका छन ।निर्मात्री शर्मिला पाण्डेको निर्माणमा निर्मित चलचित्र आमाको ट्रेलर र एक गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिसकेको छ ।साथै निर्माण टिमले सार्वजनिक गरेको मन छुने ट्रेलरले दर्शक हरुको मन जित्दै चर्चा बटुल्न पनि सफल भइरहेको छ भने चलचित्र लाई प्रतिक्षित बनाउन पनि सफल भएको छ ।चलचित्रको आमाको टिम चलचित्रको प्रदशन मिती नजिकिए सँगै चलचित्रको प्रचार प्रसारको दौड धुप मा पनि रहेका छन ।यसै शिलशिलामा चलचित्र आमाको निर्माण टिमले आइतबार राजधानी मा एक प्रेस मिटको आयोजना गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पत्नीलाई नगद १ लाख सहयोग गरेका छन् ।अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त लाई आमा र छोरीको भूमिकामा देख्न पाइने चलचित्र ‘आमा’ टिमले अध्यक्ष केशव भट्टराईको निधन पछि उनको परिवारलाई आर्थिक सहयोग गरेको हो ।प्रेस मिट कार्यक्रममा अध्यक्ष केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने क्रममा चलचित्रका निर्देशक खनालले  केशव भट्टराईको निधनले आफुलाई दुखि बनाएको र ‘उहाँको निधनले हामीलाई एकदमै दुखी बनाएको बताएका छन । साथै उनले  हामीले केहि सहयोग गर्न सक्छौ कि भनेर सर्मिला दिदिले १ लाख १ हजार सहयोग गर्ने निर्णय गर्नु भएको पनि बताए ।त्यसै गरी चलचित्रकी निर्मात्री सर्मिला पाण्डेले पनि केशव भट्राईको पत्नीलाई १ लाख हस्तान्तरण गर्दै  म पनि आमा हो । मैले अर्का आमाको दुख देख्न सकिन । त्यहि भएर मैले उहाँलाई सानो सहयोग गरे ।आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको चलचित्रमा मिथिला र सुरक्षाको अलवा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकार हरुको मुख्य भूमिका रहेको छ । त्यस्तै २ दशकभन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा विताएका स्वर्गीय केशव भट्टराइको निधनपछि उनको परिवारमा आएको आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै यती बेला चलचित्रकर्मिहरुले आर्थिक सहयोग गरिरहेका छन् ।यसै शिशिलामा कलाकार निर्माता दीपक राज गिरिले पनि गएको मंसिर ३० गते हृदयघातका कारण निधन भएका स्वर्गीय केशव भट्टराइको परिवार लाई आर्थी सहयोग गर्ने घोषणा गरेकाअ छन उनले सामाजिक सञ्जाल मा स्वर्गीय कलाकार तथा निर्माता केशब भट्टराइज्यूको मृ्त्यु पश्चात उहॉको परिवारले खेप्नु परेको आर्थिक अभाब टिठ लाग्दो रहेको सुन्दा दुख लागेको छ अत यो पिडालाइ सम्झेर हाम्रो तर्फबाट रू १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेका छौ ।साथै अन्य चलचित्रकर्मी हरू लाइ पनि सहयोगको लागि आब्हान गर्दछौ । ।भन्दै स्वर्गीय केशव भट्टराइको परिवार लाई सहयोग गर्ने घोषणा गरेका हुन ।