16th February 2020

चलचित्र कबद्दीकी नायिका रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिइन ।

फाल्गुन,४,२०७६ ।चलचित्र कबद्दीकी नायिका रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्देशक रामबाबु गुरुङको निर्देशनमा  निर्म्त चलचित्र ‘कबड्डी’ बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यू गरेकी नायिका रिश्मा गुरुङले शुक्रवार प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी नायिका रिश्माको पोखरामा भएको विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । समाचार स्रोतका अनुसार चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी नायिका रिश्माको बिवाह समारोहमा चलचित्रकर्मी हरुको उपस्थिती नरहेको बताइएको छ ।साथै नायिका रिश्माले चलचित्र क्षेत्र छाड्ने संकेत गरेता पनि चलचित्र कबद्दीको सिरिज कबद्दी ४ मा भने अभिनय गर्ने बताइएको छ ।नायिका रिश्माले एक समाचार स्रोत लाई चलचित्र क्षेत्र बाट टाढिने निर्णय लिनुको कारण खुलाउँदै बताएकी छिन चलचित्र क्षेत्र सोचेजस्तो रहेनछ । पहिला हामी स्थापित हुन संघर्ष गर्छौं । तर, एउटा स्थानमा पुगेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गर्छन् । त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा चलचित्र नै नगर्नु उत्तम लागेको बताएकी छिन ।साथै उनले आफू श्रम शोषणमा परेको समाचार स्रोत लाई बताएकी छिन ।नायिका रिश्माले अहिलेसम्म आफूले गरेका कुनै चलचित्र बाट पनि पूरा पारिश्रमिक नपाएको बताएकी छिन् । समाचार स्रोतले बताए अनुसार नायिका रिश्माले चलचित्र ‘कबड्डी ४’ गरे पछी चलचित्र अभिनयबाट सन्यास लिने बताइएको छ ।