14th February 2020

नायिका महिमा सिलवालको बसको ठक्करबाट निधन ।

फाल्गुन,२,२०७६ । नायिका महिमा सिलवालको बसको ठक्करबाट निधन भएको छ । एक दर्जनभन्दा बढी चलचित्र र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी नयिका महिमाको बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिदा उनको घटनास्थलमा नै निधन भएको बताइएको छ । समाचार स्रोतका अनुसार द’र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्रा’थामिक स्वास्थ्य के’न्द्र गजुरी पठाइएकामा घा’इते महिमाको उपचारको क्रममा निधन भएको पनि बताइएको छ । भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले चलचित्र ‘कारवाही’ बाट नेपाली रजतपट मा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन ।‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी नायिका महिमा अभिनीत अझै आधा दर्जन फिल्म हरु प्रदर्शनको पखाईमा रहेको पनि बताइएको छ ।