14th February 2020

चलचित्र सम्झना बिर्सनाको फस्टलुक पोष्टर सार्वजनिक ।

फाल्गुन,२,२०७६ । नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र सम्झाना बिर्सनाको फस्टलुक पोष्टर र प्रदशन मिती सार्वजनिक भएको छ ।निर्देशक निमेष प्रधानको निर्देशनमा लभस्टोरी जनरामा निर्माण भएको चलचित्रको फर्स्टलुक पोस्टर लाई प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको हो ।निर्माण टिमले चलचित्रको प्रचार प्रसार शुरु गर्दै सार्वजनिक गरेको पोस्टरमा चलचित्रका प्रमुख पात्र अभिनेता आकाश श्रेष्ठले घोडा डोरैरहेको र अभिनेत्री पूजा शर्मा घोडा सवार गरिरहेकी देखाइएको छ ।साथै निर्माण टिमले सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा चलचित्र ‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । आदित्य प्रधान र रेविका प्रधानको निर्माणमा दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रमा निर्देशक प्रधानको कथा तथा पटकथा रहेको छ ।चलचित्रमा शिव ढकालको छायाकन्,तारा थापा ‘किम्भे’ को सम्पादन,कमल राईको नृत्य निर्देशन र शिशिर राणाको संवाद रहेको चलचित्रमा  सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको बताइएको चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी लाई दर्शक हरुले चौथौ पटक एक साथ देख्न पाउने छन । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ पछि लगातार सँग सँगै काम गरिरहेका यि नायक नायिका पछिल्लो पटक चलचित्र ‘पोइ पर्‍यो काले’मा देखिएका थिए भने अर्को वर्षको तिजमा यो जोडी अभिनित चलचित्र‘सम्हालिन्छ कहिले मन’प्रदर्शनमा आउने तयारीमा रहेको छ।जुन चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन