10th February 2020

साङलो २ बन्न सक्छ अभिनेता बिराज भट्ट ।

माघ,२७,२०७६ । नेपाली चलचित्रको बजारमा स्टार एक्सन नायकको छवि बनाउन सफल भए पछी भोजपुरी चलचित्रमा अभिनय गर्न पुगेका अभिनेता बिराज भट्टले नेपाली चलचित्रमा झै भोजपुरी चलचित्रमा पनि स्टार एक्सन नायकको छवि बनाउन सफल भएका छन । उनै नेपाली चलचित्र र भोजपुरी चलचित्रका स्टार अभिनेता बिराज भट्टले लामो समय पछी पुन नेपाली चलचित्रमा कम ब्याक गर्दै आफ्नै निर्माण निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र साङ्लो गत शुक्रबार माघ २४ गते बाट प्रदशन भइरहेको छ ।शुक्रबारबाट प्रदशनमा आएको चलचित्र ‘साङ्लो’ले दर्शकको उत्साहजनक साथ पाउनुका साथै बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । प्रदशनको पहिलो दिन शुक्रबार सन्तोष जनक व्यापार गरेको चलचित्रले शनिबार र आइतबार भने राम्रो व्यापार गर्न सफल भएको छ । साथै लामो समय देखी सुनसान देखिदै आएको चलचित्र घरहरुमा पनि दर्शकको चहल-पहल बढेको पाइएको छ । चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिएको गीत संगीत र चलचित्रको ट्रेलरले चर्चा बटुल्न सफल भए सँगै अभिनेता बिराज भट्टको उक्त चलचित्र नेपाली दर्शकहरु माझ प्रतिक्षित बन्न सफल भएको थियो । विराज भट्ट र पुर्वमिस नेपाल तथा नायिका निकिता चण्डक अभिनय रहेको एक्सन प्रधान चलचित्र साङ्लोले दर्शकहरुको साथ पाउँदै उत्साह जनक ब्यापार गरे पछी चलचित्रका निर्माता निर्देशक तथा अभिनेता बिराज भट्ट ‘साङ्लो’ सिक्वेल साङ्लो २ को निर्माण गर्ने मनसायमा रहेको बताइएको छ ।समाचार स्रोतका अनुसार चलचित्रको व्यापारबाट उत्साहित बनेका विराज भट्टले आफु हरु जति पनि हलमा पुग्यौँ, त्यहाँ दर्शकले यसको दोस्रो सिक्वेल चाहियो भन्नुभएको छ । त्यसलाई आफु हरुले मनन गरेको दर्शकले चाहेको खण्डमा साङ्लो २ बन्न सक्ने उनले बताएका छन । साथै आफूले ‘साङ्लो २’ को विषयमा सोचिनसकेको बताएका बिराजले ‘यत्रो अन्तरालपछि पनि चलचित्र क्षेत्रमा मैले पाउने मायामा कुनै कमी पाइन् । अहिले पनि युवापुस्ताले नै मेरो चलचित्रलाई रुचाउनु भएको छ । राम्रो चलचित्र बनाउने हो भने जहिल्यै दर्शकले माया गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो यो उनले बाटअएका छन ।शिवम अधिकारीको लेखन,सुरेश अधिकारीराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा  बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ ।