07th May 2019

चलचित्र आमाको शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनाल र नायिका सुरक्षा पन्त ।

बैशाख,२५,२०७६ ।पहिलो नेपाली चलचित्र‘आमा’को नाट बाट दिपेन्द्र के,खनालको निर्देशनमा फेरी सोही नाम बाट चलचित्र ‘आमा’ निर्माण हुने भएको छ ।वि,सं २०२० सालमा नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर आफुले निर्माण गर्न लागेको चलचित्र आमा लाई सम्झनलायक र अर्थपूर्ण चलचित्र बनाउने चलचित्रका छायाँकार, लेखक तथा निर्देशक दिपेन्द्र के,खनालले बताएका छन्।आमा र छोरी’बिचको सम्बन्धलाई देखाउने यो चलचित्रको मंगलबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि निर्माण घोषणा गरिएको हो ।असार बाट फ्लोरमा जाने बताइएको उक्त चलचित्र फागूणको ९ गते बाट प्रदशनमा आउने पनि निर्माणपक्षले बताएको छ । डिएस डिजिटलको प्रस्तुती र सर्मिला पाण्डेको निर्माणमा बन्न लागेको उक्त चलचित्रका सह निर्मातामा सन्तोष अधिकारी रहेका छन् । चलचित्र आमाको शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनाल, सूर्यमालाको छोरीको भूमिकामा नायिका सुरक्षा पन्त लाई देख्न पाइने छ ।साथै ।चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहनेछ ।