09th February 2020

हाउसफुलका साथ प्रदशनमा चलचित्र साङलो ।

माघ्,२६,२०७६ ।चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिएको गीत संगीत र चलचित्रको ट्रेलरले चर्चा बटुल्न सफल भए झै चलचित्र प्रदशनमा आए पछी पनि अभिनेता बिराज भट्टको निर्माण निर्देशन र अभिनय रहेको चलचित्र साङलो नेपाली दर्शकहरुको मन जित्दै सुखद ब्यापार गर्न सफल भएको छ ।निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्मित गएको असोज महिनामा प्रदशनमा आएको चलचित्र ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली चलचित्रको व्यापार गत शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्ट र पुर्वमिस नेपाल तथा नायिका निकिता चण्डक अभिनित एक्सन प्रधान चलचित्र ‘साङ्लो’ ले केही हदसम्म चलायमान बनाउना सफक भएको छ । अभिनेता बिराज भट्टको कम ब्याकको रुपमा लिइएको चलचित्रले मल्टीप्लेक्समा दर्शक तान्न नसके पनि सिंगल थिएटरमा भने शुक्रवार र शनिवार लगभग हाउसफुलको व्यापार गर्न सफल भएको छ ।साथै समाचार स्रोतका अनुसार चलचित्रले शुक्रवार सिंगल स्क्रिनमा ५० प्रतिशत र शनिवार ८० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको पनि बताइएको छ । साङलो हेर्ने दर्शक ह्रुको शनिवार राजधानी र मोफसलका प्रमुख स्टेशनमा उच्च चाप देखिएको पनि बताइएको छ ।विशेषगरि अभिनेता विराज भट्टको एक्सन लाई रुचाएका दर्शकहरुले चलचित्रको कथावस्तु र प्रस्तुतीकरणलाई लिएर भने मिश्रित प्रतिक्रिया दिएका छन ।साथै अभिनेता विराज शनिवार अभिनेत्री निकिता चाण्डकको साथमा दर्शक प्रतिक्रिया बुझ्न राजधानीका केही सिंगल थिएटरमा पुगेका थिए । बिराज राजधानीको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले ‘बाघ फर्कियो’ भन्दै न्यानो मायाका साथ स्वागत गरेका थिए । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न सिनेमा घरमा पुगेकाअ अभिनेताअ बिराजले धेरैपछि नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा खुसी देखिन्थे । गोपीकृष्णको बालकुनीमा दर्शकलाई हात जोडेर अभिनन्दन गर्दै उनले चलचित्रको को गीत र संवाद बोलेर सुनाए । जहाँ उनीसँग सेल्फी खिच्न र उनलाई हेर्नका लागि दर्शकको थामिनसक्नुको भीड लागेको थियो । साथै स्रोतका अनुसार वितरक कम्पनी र निर्माण टिमले फिल्मको कलेक्सन नखुलाए पनि साङलोले  प्रदर्शनको दुई दिनमा ८० लाखको आसपासमा व्यापार गरेको अनुमान गरिएको छ ।शिवम अधिकारीको लेखन,सुरेश अधिकारीराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा  बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी लगायतका कलाकारको पनि अभिनय छ ।