07th February 2020

बिराज भट्टको चलचित्र साङलो र अभिनेता बिपिन कार्की अभिनेता चलचित्र सेल्फी किङ प्रदशनमा।

माघ,२४,२०७६ । आज माघ २४ गते शुक्रबार बाट नेपाली चलचित्रको घरेलु बजारमा एक साथ दुइ नेपाली कथानक चलचित्रहरु प्रदशनमा आएका छन ।नेपाली चलचित्रको सानो बजारमा एक साथ प्रदशन मा आउने ति दुइ चलचित्रहरुमा अभिनेता बिराज भट्टको निर्माण निर्देशन र अभिनय रहेको चलचित्र साङलो र अभिनेता बिपिन कार्की लाई हाष्य कलाकारको भूमिकामा प्रस्तुत गरिएको चलचित्र सेल्फी किङ ।चलचित्र  ‘छ माया छपक्कै’ पछि आश गरिएका चलचित्रहरुले समेत सो चे अनुरुप ब्यवसायिक सफलता नपाइरहेको समयमा आज शुक्रवारबाट दुई आशातित चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका हुन । फरक जनरामा निर्माण भएको यि दुइ चलचित्रले कात्तिकपछि सुस्ताएको नेपाली चलचित्रको व्यापार केही हदसम्म चलायमान बनाउने अपेक्षा चलचित्रकर्मी हरुको रहेको छ । प्रदर्शनभन्दा अगाडि चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले सार्वजनिक गरेको यि दुइ चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकहरुको मन जित्दै सकारात्मक प्रतिकृयाको साथमा चलचित्रको हाइप बढाउन पनि सफल भएको छ ।साथै अभिनेता विराज भट्ट लाई एक्सन अवतारमादेख्न पाइने चलचित्र  ‘साङ्लो’ र अभिनेता विपिन कार्की लाई हास्यकलाकारको भूमिका देख्न पाइने चलचित्र ‘सेल्फी किङ’ एकसाथ प्रदशनमा आउँदाअ यि दुवै चलचित्र लाई केहि व्यवसायिक रुपमा घाटा हुने हो कि भने पनि अनुमान लगाउन थालिएको छ ।‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चाण्डक र बिराजको मुख्य भूमिका रहेको छ ।चलचित्रमा मृगौला तस्करीको कथा रहेको बताइएको छ । निर्देशक विशाल सापकोटाको निर्देशन र दिनेश राउत र सुभाष थापाको निर्माणमा निर्मित कमेडी जनरामा निर्माण भएको चलचित्र सेल्फी किङमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ ।