05th February 2020

चलचित्र प्रेम गीत ३ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक ।

माघ,२२,२०७६ ।अभिनेता प्रदीप खडका अभिनित बर्षा २०७६ को बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ को पहिलो गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसार शुरु गर्दै सार्वजनिक गरेको छ ।केही दिन अगाडि मात्र छायांकन सम्पन्न भएको ‘हात्ती ढुंगामा’ बोल रहेको गीत लाई निर्माण टिमले गत मंगलवार सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको गीत  चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको छ ।गीतमा हर्क साउदको शब्द र कल्याण सिंहको संगीत,गायक सागर आले र गायिका मेलिना राईको स्वर रहेको छ । चलचित्रका प्रमुख पात्र अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री क्रिस्टिना गुरुङ माथी छाँयाकन गरिएको र यी दुई अभिनेता अभिनेत्रीको प्रेम भाव लाई प्रस्तुत गरिएको भिडियो लाई नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेकाअ छन । साथै गीतको भिडियोमा प्रदीप र कृष्टिनाको साथमा सयभन्दा बढी कोरस को नृत्य लाई प्नि समेटिएको छ ।मनाङमा छाँयाकन गरिएको गीतको भिडियो लाई आकर्षक बनाइएको छ भने प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ । निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेनको सयुक्त निर्देशनमा निर्मित चलचित्रमा राजेश श्रेष्ठको छाँयाकन रहेको छ । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको चलचित्रको निर्मातामा सन्तोष सेन रहेक छन । अभिनेता प्रदीप लाई प्रेम र अभिनेत्री क्रिस्टिना लाई ‘गीत’ को भूमिकामा देख्न पाइने चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायत कलाकार हरुको पनि अभिनय रहेको छ । तीन करोडभन्दा बढीको लगानीमा डेढ सय वर्ष अगाडिको प्रेमकथामा निर्माण भएको चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदै छ । चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा छेतेन गुरुङ र मन्दिप गौतमको कथा, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन,हिमाल केसीको एक्सन रहेको छ ।