04th February 2020

चलचित्र ‘चपली हाइट ३’ को पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक ।

माघ,२१,२०७६ ।निर्माता अर्जुन कुमारको निर्माणमा र निर्देशक निकेश खडकाको निर्देशनमा निर्मित चैत २८ गते बाट प्रदशनमा आउन लागेको चलचित्र चपली हाइट ३ को पहिलो गीत सार्वजनिक भएको छ ।आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’ को पहिलो गीत लाई निर्मान टिम ले चलचित्रको प्रचार प्रसार शुरु गर्दै सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको स्वर्, डिपी खनालको शब्द र सुभाष भुषालको संगीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, कलाकार महेश त्रिपाठी र नायक आमिर गौतम माथी छाँयाकन गरिएको छ । डान्सिङ विटको गीतको भिडियोमा नायिका द्वय स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत भएका छन् । अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सस्पेन्स थ्रीलर कथामा तयार भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ । साथै गीत सार्वज्निक कार्यक्रममा चलचित्रका निर्माता अर्जुन कुमारले चलचित्र तोकिएकै मितिमा चैत्रको २८ गतेबाट प्रद्शन मा आउने पनि बताएका छन ।