03rd February 2020

अभिनेता दयाहाङ राइ अभिनित चलचित्र निरफुल को फष्टलुक पोष्टर सार्वजनिक ।

माघ,२०,२०७६ ।अभिनेता दयाहाङ राइ अभिनित चलचित्र निरफुल को फष्टलुक पोष्टर सार्वजनिक भएको छ ।पत्रकार फूलमान वलको निर्देशनमा निर्मित चलचित्र ‘नीरफूल’को निर्माण टिमले चलचित्र चारवटा पोस्टर लाई एकसाथ सार्वजनिक गरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको सार्वजनिक पोस्टरमा रुबी भ्याली र काठमाडौंको दृष्य लाई देखाइएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ, भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ ।दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतको अभिनय रहेको चलचित्रमा अभिनेत्री रेखा थापाको पनि विशेष भूमिका रहेको छ ।आउँदो फागुन ३० गतेबाट प्रदर्शनमा आउँन लागेको चलचित्र निरफुलका निर्देशक वलले चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवार मार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताएका छन । साथै निर्देशक वलका अनुसार अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति  दर्शक का लागी  चलचित्र निर फुल बोनसको रुपमा हुने बताएका  छन ।