02nd February 2020

चलचित्र लभ डायरिजको नयाँ गीत 'अधुरो लाग्छ मेरो जिवन' सार्वजनिक ।

माघ,१९,२०७६ ।यस अघी सुन्यौ कि सुनेनौ तिमीले,छमछम र चलचित्रको ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र लभ डायरिजको निर्माण टिमले चलचित्रको प्रदशन मिती नजिकिदै गर्दा अर्को नयाँ गीत लाई सार्वजनिक गरेको छ ।फाल्गुन २ गते बाट प्रदशनमा आउन लागेको अभिनेता शुशिल श्रेष्ठ र नव अभिनेत्री रुबिना थापा अभिनित चलचित्रको यस अघी सार्वजनिक गीत संगीत र चलचित्रको ट्रेलरले दर्शक हरुको मन जित्दै सकारात्मक प्रतिकृयाको साथ चर्चा बटुल्न सफल भरहेको समयमा उक्त गीत लाई सार्वजनिक गरिएको हो ।सार्वजनिक गीत अधुरो लाग्छ मेरो जिवन मा मानस बिक्रम थापाको शब्द,प्रबिन पौडेलको संगीत,गायक प्रताप दास र गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ ।निर्देशक सौरभ चौधरीको निर्देशन मा तयार भएको गीतको भिडियोमा अभिनेता शुशिल र अभिनेत्री रुबिना माथी छाँयाकन गरिएको छ । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्मित चलचित्र लभ डायरिजमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएर निर्माण भएको उक्त चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको चलचित्रका निर्देशक सौरभ चौधरेले बताएका छन ।चलचित्रमा अभिनेता सुशील लाई विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा देख्न पाइने पनि बताइएको छ ।‘ई इस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्र ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ ।  विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माणमा निर्मित उक्त चलचित्र लाई लिएर नव नायिका रुबिना थापापनी निकै उत्साहित छिन् ।