30th January 2020

फाल्गुन ९ गते बाट प्रदशनमा आउन लागेको चलचित्र आमाको पहिलो गीत सार्वजनिक ।

माघ,१७,२०७६ ।फाल्गुन ९ गते बाट प्रदशनमा आउन लागेको निर्देशक दीपेन्द्र के, खनाल निर्देशित चलचित्र आमाको पहिलो गीत सार्वजनिक भएको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको मर्मस्पर्शी ट्रेलरले चौतर्फी चर्चा बटुली रहेको समयमा निर्माण टिमले चलचित्रमा समाबेश मन को मौलो देखी मन्दिर सम्म बोल रहेको गीत लाई सार्वजनिक गरेको हो ।गीतमा भुपेन्द्र खडकाको शब्द,शुभष भुषालको संगीत र गायक केतन क्षेत्रीको स्वर रहेको छ ।साथै गहकिलो संबाद,मन छुने र आखा रसाउने दृश्य र चलचित्रमा अभिनय गर्ने कलाकार हरुको जिवन्त अभिनयका कारण सार्वजनिक भएको छोटो मै ट्रेलरले प्रशंशनिय चर्चा बटुल्न सफल भैरहेको समयमा निर्माण टिमले गीत लाई सार्वजनिक गरेको हो। अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त लाई आमा छोरीको भूमिकामा देख्न पाइने चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको साथमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।निर्मात्री शर्मिला पाण्डेको निर्माणमा निर्मित चलचित्र आमामा अधिकांश दृश्य पानीमा खिचिएको छ ।छाँयाकन, कथा र निर्देशन दीपेन्द्र के खनालको रहेको छ ।चलचित्रको गीत लाई आउदो बिहिवार सार्वजनिक गरिदै छ गीत मा गायक केटान क्षेत्रीको स्वर सुन्न पाइने छ ।