30th January 2020

चलचित्र 'म यस्तो गीत गाउँछु २' को कसम कसम बोल रहेको गीत सार्वजनिक ।

माघ,१७,२०७६ ।यस बर्षको बहुप्रतिक्षित चलचित्र हो म यस्तो गीत गाउँछु २ जुन चलचित्र लाई लभ स्टोरी चलचित्रको निर्माण र निर्देशन मा एउटा छुट्टै पहिचान बनाउन सफल निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका छन ।नेपाली चलचित्रमा सर्वाधिक रुचाइएकी नायिका पुजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र फाल्गुन २३ गते बाट प्रदशन मा आउदै छ ।गएको बर्ष चलचित्र म यस्तो गीत गाउँछु को ब्यवसायिक सफलता पछी निर्देशक सुदर्शनले निर्माण गरेको चलचित्रको दुइ गीत सार्वजनिक भैसकेको छ ।चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले सार्वजनिक गरेको तिम्रो घरको वरिपरी र दुखको कांडाले यती बेला नेपाली दर्शक स्रोताहरुको मन जित्न पनि सफल भैरहेको छ ।यसै शिलशिलामा चलचित्रको निर्माण तिमले चलचित्रको प्रदशन मिती नजिकिए सँगै चलचित्रमा समाबेश तेस्रो गीत लाई सार्वजनिक गरेको छ ।संगीतकार अर्जुन पोखरेल को संगीत मा तयार भएको डान्सिङ नंबरको गीतमा दिनेश राज पुरीको शब्द र गायक सुगम पोखरेलको स्वर रहेको छ ।नायिका पुजा शर्मा र नायक पल शाह र मोडल एलिशा  शर्मा माथी छाँयाकन गरिएको गीतको भिडियोमा पुजा र पल लाई रोमाण्टिक अन्दाज मा देख्न पाइने छ । चलचित्रमा नायिका पुजा र नायक पल को साथमा हरिहर शर्मा,दिनेश डि, सी,राजा राजेन्द्र पोखरेल गणेश गिरि,सोनिका रोकाया लगाएत कलाकार हरुको अभिनय रहेको छ ।सागितिक प्रेम कथामा निर्माण भएको चलचित्रमा निर्देशन सुदर्शनको कथा,सौरभ लामाको छाँयाकन,रामजी लामिछानेको नृत्य,शिवम अधिकारी र दिनेश न्यौपाने को पटकथा,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।