29th January 2020

चलचित्र दि कर्माको च्यारिटी शो सम्पन्न ।

माघ,१५,२०७६ ।आउँदो शुक्रबार माघ १७ गते बाट प्रदशनमा उन लागेको निर्देशक देव कुमार श्रेष्ठ निर्देशित चलचित्र दि कर्माको च्यारिटी शो सम्पन्न भएको छ ।यही शुक्रवारबाट देशैभर एक साथ प्रदर्शनमा आउन लागेको एक्सन लभस्टोरी जनरामा निर्मित चलचित्र ‘दि कर्मा’ को निर्माण तिमले गत मंगलवार विग मुभिजमा च्यारिटी शो को आयोजना गरेको हो ।आयोजित च्यारिटी शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थमा गरिएको हो । साथै उक्त च्यारिटी शो बाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको पनि चलचित्रका निर्माता जय राज रायले समाचार स्रोत लाई बताएका छन । चलचित्रका निर्देशक,कलाकारहरुको उपस्थित रहेको उक्त फिल्मको च्यारिटी शोमा नायिका परमिता आरएल राणाले आफ्नो अभिनयको प्रशंसा गरेकोमा सबैलाई धन्यवाद दिएकी थिइन ।त्यसै गरी चलचित्रका अर्का कलाकार वुद्दि तामाङले पनि आफ्नो अभिनय रुचाइएकोमा खुसी व्यक्त गरेका छन । निर्देशक श्रेष्ठले पनि चलचित्र कलाकार संघका लागि च्यारिटी शो गर्न पाएकोमा खुसी लागेको बताएका छन्। त्यस्तै भारतीय कलाकार करण वर्मालाई हेर्नकै लागि भए पनि हलमा दर्शक आउने विश्वास व्यक्त गरेका चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलकित्र दि कर्मा मा केही कमी कमजोरी भए पनि चलचित्रले दर्शकलाई निराश भने नबनाउने बताएका छन ।चलचित्र दि कर्मा हेर्न हल मा पुगेकी नायिका रेजिना उप्रेतीले पनि चलचित्रले 'जस्तो कर्म गर्यो् त्यस्तै फल पाइन्छ' भन्ने सन्देश दिन खोजेको बताएकी छन । चलचित्रमा परमिता, बुद्दी र जयसँगै करण वर्मा, नीता ढुंगाना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।