07th May 2019

प्रेम गीत ३ को लागी नव नायिकाको खोजीमा निर्माता सन्तोष सेन ।

बैशाख,२४,२०७६ ।चलचित्र प्रेम गीत , प्रेम गीत २ ,मेरी मामु जस्ता सफल चलचित्र हरुको निर्माण गरी सकेका निर्माता सन्तोष सेनको निर्माणमा, बन्न लागेको चलचित्र‘प्रेम गीत ३’को लागी यती बेला निर्माण टिमले नव नायिकाको खोजी शुरु गरेको छ ।साथै निर्माण टिमले उक्त चलचित्रको लागी नव नायिका लाई अडिसन मार्फत छनोट गर्ने पनि बताइएको छ ।उक्त चलचित्रको निर्माण टिमले चलचित्र फ्लोर मा जानु अगावै पोस्टर सहित प्रर्दशन मिति तय गरिएको थियो । निर्माण टिम बताए अनुसार उक्त चलचित्र प्रेम गीत ३, ७६ सालको अन्तिम चैत २८ गते प्रर्दशनमा आउने छ । औपचारिक रुपमा घोषणा नगरिएको भए पनि प्रेम गीत ३ मा चलचित्र प्रेम गीत र प्रेम गीत २ का  नायक प्रदिप खड्का लाई फेरी प्रेम गीत ३ म देख्न पाइने चर्चा यती बेला नेपाली चलचित्रको बजारमा हुने गरेको छ । निर्माण युनिटले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नव नायिकाको आह्वान गरेको छन् ।छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा बन्न लागेको उक्त चलचित्रका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्ने र अडिसनको दिनको लागि www.aasusenfilms.com र aasusenfilms@gmail.com ईमेलमा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।