28th January 2020

चलचित्र ‘चपली हाइट ३’ को ‘चारानाको मसला’ बोल रहेको गीतको छायांकन सम्पन्न । 

माघ,१४,२०७६ ।काठमाण्डौको ठमेलमा अवस्थित एक क्लबमा चलचित्र ‘चपली हाइट ३’को एक गीतको छायांकन सम्पन्न भए सँगै चलचित्र ‘चपली हाइट ३’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।निर्देशक निकेश खड्काको निर्देशनमा निर्मित चलचित्रमा समावेश ‘चारानाको मसला’को बोल रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक राज खम्बुको स्वर, सुवाष भुषालको संगीत रहेको छ ।नायिका स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी माथी छाँयाकन गरिएको गीतको भिडियोमा प्रदिप लामाको नृत्य निर्देशन र पुरुषोत्तम प्रधानको छाँयाकन रहेको छ ।निर्माता अर्जुन कुमारको निर्माणमा निर्मित चलचित्रको उक्त गीत को भिडियोमा नायिका  स्वस्तिमा खड्का र सुपुष्पा भट्ट लाई बोल्ड देखिएका छन् ।चपली हाइट १ र २ को सफलता पछी निर्माता अर्जुन ले सस्पेन्स कथामा निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ चैत्रको २८ गतेबाट प्रदशनमा आउँदै छ ।