27th January 2020

गायिका आस्था राउत प्रहरी नियन्त्रणमा ।

माघ,१२,२०७६ ।केहि दिन अघी त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिला श्रेष्ठले आफु माथी गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा दिएको उजुरीको आधारमा गायिका आस्थालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान आफैं आफन्तसँग प्रहरी कार्यालय पुगेकी गायिका आस्था राउत लाई प्रहरीले नियन्त्रणमा लिएको हो । गायिका राउत पक्राउ परे  सँगै अब प्रहरीले उनि माथी कानुनी प्रक्रिया सुरु गर्ने बताएको पनि बताइएको छ । एक सागितिक कार्यक्रम को लागी  भद्रपुर जाने क्रममा उडान भर्नुअघि गयिका आस्था र विमानस्थलमा कार्यारअत महिला प्रहरी जवान रमिला श्रेष्ठ बि च भनाभन भएको थियो । पछि  गायिका आस्थाले सोही कुरा लाई लिएर उनले सामाजिक सन्जालमा आफ्ना असन्तुष्टि पोखेकी थिइन् । जहाँ उनले केहि अपशब्द हरु समेत प्रयोग गरेकी थिइन भने  प्रहरीलाई पन गाली गर्न पुगेकी थिइन् । त्यसपछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो त्यसै गरी सोमबार बिहान आफै प्रहरी सम्पर्कमा आएकी आस्थालाई अनुसन्धानको लागि ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको पनि बताइएको छ । प्रहरीले सरकारी वकिलले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानको लागि चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।