26th January 2020

चलचित्र साङलोको झ्याम्मै आँखामा झ्याम्मै सार्वजनिक ।

माघ,१२,२०७६ ।माघ २४ गते बाट प्रदशनमा आउन लागेको चलचित्र साङलोको नयाँ गीत सार्वजनिक भएको छ ।अभिनेता बिराज भट्ट र पुर्वमिस नेपाल तथा नायिका निकिता चण्डकको मुख्य अभिनयाँ रहेको चलचित्रको सार्वजनिक झ्याम्मै आँखामा झ्याम्मै बोल रहेको गीतमा अभिनेता बिराज र अभिनेत्री निकिता माथी छाँयाकन गरिएको छ ।नृत्य निर्देशक रामजी लामिछानेको निर्देशनमा तयार भएको भिडियोमा नायिका निकिताको बोल्ड अन्दाज देख्न पाइने छ ।एक्सन किङ बिराज भट्टको निर्माण र निर्देशन मा निर्मित चलचित्रको यस अघी सार्वजनिक भएको गीत चरिले काफल टिप्यो र चलचित्रको एक्सन ट्रेलरले चर्चा बटुल्दै चलचित्रको हाइप बढाइरहेको समय चलचित्रको उक्त गीत लाई निर्माण टिमले सार्वजनिक गरेको हो ।गीतमा गायिका अन्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको छ ।निशान भट्टराईको शब्द रहेको गीतमा संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ ।नेपाली चलचित्रमा छाइरहेको समयमा भोजपुरी चलचित्रमा ब्यस्त हुन पुगेका बिराजले लामो समय पछी नेपाली चलचित्रमा पुन कम ब्याक गरेको उक्त चलचित्र यती बेआ नेपाली दर्शक हरु माझ प्रतिक्षित बन्न सफल भैरहेको छ ।साथै आफ्नो पुरानो स्टारडम लाई पुन फर्काउने तयारीमा रहेका बिराज साथै माघ २४ नजिकिदै गर्दा यती बेला चलचित्रको प्रचार प्रसार को लागी लागिपरिरहेका छन ।चलचित्रको प्रमोशनमा अभिनेता विराजलाई निकितले पनि राम्रो साथ दिइरहेकी छन् । उनि हरी यतिबेला देशभित्र भैरहेका विभिन्न महोत्सवहरुमा पुगी चलचित्रको को प्रचार प्रसार गरिरहेक छन ।यसै क्रममा निर्माण टिमले चलचित्रको दोस्रो गीत झ्याम्मै आखा झ्याम्मै लाई सार्वजनिक गरेको हो । शिवम अधिकारीको लेखन,सुरेश अधिकारीराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा  बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ ।